कोशी प्रदेशमा प्रहरीले सक्रियताका कारण दुई दिनमै २० जना लागूऔषध कारोबारीलाई पक्राउ

खगेन्द्र कार्की

कोशी प्रदेशमा प्रहरीले सक्रियताका कारण दुई दिनमै २० जना लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ। झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट लागूऔषध सहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजार स्थितबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका-३ की २५ बर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

त्यसैगरी झापाको मेचीनगर-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी २५ वर्षीया सरु राई र २० वर्षीया सुजता राईलाई ब्राउन सुगर ६ सय १० मिलिग्राम सहित पक्राउ गरेको छ । सोहि दिन इलाका प्रहरी कार्यालय गौरीगंजले झापा कमल गाँउपालिका-६ का २९ वर्षीय हरि चन्द्र कार्कीलाई १ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ।

यस्तै,लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट धरान उप-महानगरपालिका-१२ का २९ बर्षीय बसन्त तामाङलाई ब्राउन सुगर २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैचा नगरपालिका-३ का २० बर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सोमबारे स्थितबाट सोही स्थानका २५ बर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसैगरी,बिराटनगर महानगरपालिका-१६ र १७ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारत बाट नेपाल तर्फ आउदै गरेका मोरङ केरावारी गाँउपालिका-७ का ३० वर्षीय प्रेम राई र ४४ वर्षीय नबिन चेम्जोङलाई ब्राउन सुगर ४ ग्राम ५० मिलिग्राम सहित र झापा दमक-५ की २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझीलाई प्रतिबन्धित औषधी-३६ एम्पुल सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

यसका साथै लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका-७ स्थित २४ बर्षीय संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, गाँजा १८ ग्राम र नगद ७० हजार रुपैया फेलापारी कारोबारमा संलग्न भोजपुरको भोजपुर नगरपालिका-७ का १९ बर्षीय मौसम राई, भोजपुर-९ का २० बर्षीय रेन्जि शेर्पा लाई पक्राउ गरेको छ।

यस्तै,भोजपुर-५ का २० बर्षीय संगित राई , भोजपुर-७ का २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई, भोजपुर-६ का २९ बर्षीय दिपेश राई र भोजपुर-१२ कोट डाडाँका २२ वर्षीय संजिव श्रेष्ठलाई प्रतिबन्धित औषधी- ट्रमाडोल र स्पासपेन गरी २५२ चक्की सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया