इटहरी । थारु चलचित्र तथा सस्कृतिक संघ सुनसरीमा कार्य समीतीको बहुमत विपरीत एक पक्षिय अधिवेसन तथा कार्यसमीती पुर्नरगठन भएकोमा विरोध गरीएको छ ।
जिल्ला समीतीमा जानकारी तथा छलफल समेत नगरी एकाएक ३ जनाको उपस्थीतीमा अधिवेसन भएकोले यो कार्यसमीती अवैधानिक रहेको जिल्ला समीतीको बहुमत सदस्यहरुले झुम्कामा पत्राकार सम्मेलन गरी जानकारी गराइएको छ ।
थारु कलाकारहरु अगाडी वढाउनको लागी आर्थीक भौतीक सहयोग गर्दै अहोरात्र खटियौ तर केन्द्रीय र सुनसरी समीतीमा छलफल तथा निर्णय नगरी संस्थाको विधानलाई लत्याएर केन्द्रीय अध्यक्ष पर्सुराम चौधरीको एकल निर्णयमा कार्यसमीती गठन गरेकोमा यो विधीवत नरहेको अबैधानिक रहेको थारु चलचित्र तथा सास्कृतिक संघ जिल्ला कार्यसमीती सुनसरीको अध्यक्ष जानकी चौधरीले जानकारी गराइन् ।
त्यसै गरी थारु कलाकार तथा थारु पत्रकार केन्द्रीय उपाध्यक्ष कुलदिप चौधरीले यो ३ जनाको निर्णयमा समीती गठन हुनु भनेको थारु कलाकार क्षेत्रमा ठुलो बदनाम को कार्य जस्तै भएकोले यसमा समाजको उपल्धी नहुने बताएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष जानकी चौधरी,उपाध्यक्ष ममता चौधरी,सचिब जनक चौधरी,सहसचिब अर्जुन चौधरी,कोषाध्यक्ष ललिता चौधरी,सदस्य सविता चौधरी,सदस्य सुस्मा चौधरी लगायतका उपस्थीती रहेको थियो ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो