झापाको बिर्तामोडमा युवतीको निहुँमा ग्याङ्फाइट

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । झापाको बिर्तामोडमा युवतीको विषयमा दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ ।  ‘ग्याङ फाइट’को क्रममा एकजना घाइते भएका छन् भने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ अन्दाजी ६ बजे बिर्तामोडको किरात चोकमा दुई अपरिचित पक्षबिच झडप भएको हो । युवतीको विषयमा अन्दाजी १०र१२ जना युवाबीच ग्याङ फाइट भएको बताइएको छ ।

झडपमा बिर्तामोड– ६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन् । उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ । उनको बायाँ खुट्टा, घाँटी र टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका–५ बस्ने अन्दाजी १८ वर्षीय अरुण राई , सोही ठाउँ बस्ने अन्दाजी १७ वर्षीय सबिन तामाङ र वडा नम्बर ४ बस्ने १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरूको साथबाट एउटा फलामको कट्टी, एउटा फलामको रडको रोल बरामद भएको छ । तीन जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया