दमक/ पहाड र तराईलाई जोड्ने बहुप्रतिक्षित दमक– चिसापानी–रवि सडक यतिबेला अभिभावकविहिन विद्यार्थी जस्तै भएको छ । तीन दशकदेखि निर्माण थालिएको यो सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका छन् । सडकको संरचना विग्रदैँ जान थालेपछि यात्रुहरुलाई सास्तीसँगै सरकारको लगानी समेत जोखिममा पर्दै गएको छ ।
झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथर जोडिने दमक– चिसापानी–रवि सडक करिव २ वर्ष अघिदेखि नै ठेक्का अबरुद्ध भई काम रोकिएकाले यस सडकमा निर्माण गरिएको पूर्वाधार समेत विग्रन थालेका छन् । निर्माण कार्य रोकिएको २ बर्ष अघिको चैत्र महिनामा नै ठेक्का तोडिएको थियो ।
पटक पटक म्याद र रकम थप हुँदा समेत सडक बन्न नसकेपछि एक बर्ष अघि ठेक्का तोडिएसँगै सडकको काम पूर्णरुपमा रोएिको छ । काम रोकिए पछि बनेका संरचना समेत भत्किन थालेको त्यस क्षेत्रमा गाडी कुदाउने चालकहरु बताउँछन् । अहिले प्रि–मौसम शुरु हुँदै बनाइका सडक किनाराका पेटी र पर्खाल समेत भत्कन थालेको र बाटो किनार भत्किन थालेपछि गाडीवाल आफैले बनाएर हिड्नु पर्ने बाध्यता रहेको चालक सञ्जय कुमालले बताए ।
यस्तै माङ्सेबुङ निवासी सडक किनाराका बासिन्दा खड्गबहादुर शेर्मा बनाइएका संरचना पनि भत्किन थालेको र पर्खाल भत्किए ठाउँका ढुंगा र रड समेत हराउन थालेको बताउँछन् । ‘पर्खालका ढुंगा र रडहरु समेत हराउन थालेका छन् । यतिकै छोड्ने हो भने बर्खामा गाडी चल्न समस्या हुने देखिएको छ ।’ उनले भने । तराई पहाडको यात्रामा सहज हुने अपेक्षा गरिएपनि अझ जोखिम बढेको इटहरी ५ घर बताउने यात्रु कृष्णप्रसाद दाहालले बताए । ‘पहिले त अलि सजिलो जस्तो लाग्थ्यो, अहिले त धेरै भत्किएर डरमर्दो भएको रहेछ, जोखिम छ यात्रा गर्न ।’ उनले भने ।
निर्माण कम्पनीको धेरै निर्माण सामग्री, गाडी र स्काभेटर समेत सडकमा त्यतिकै थन्किएका र खीया लागिसकेका छन् । ती सामान समेत दिनदिनै काम नलाग्ने बन्दै गएका छन् भने कतिपय हराउन थालेका छन् ।
१ अर्व ३५ करोड रुपयाँ बजेटमा ३ प्याकेजमा लागेको ३७ किलोमिटर सडकको दुई वटा मुख्य ठूला प्याकेजको ठेक्का तोडिएपछि निर्माण कम्पनी लुम्बिनी गणपति जेभीले सडक डिभिजन कार्यालय दमक विरुद्ध मुद्धा जाहेर गरेको थियो । सडक कार्यालयले उच्चमा मुद्धा जितेपछि जेभीले पुन जिल्ला अदालतको ढोका ढक्ढक्याएको छ । दमक रवि चिसापानी सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले भने– ‘अहिले जिल्ला अदालत झापामा मुद्धा विचाराधिन रहेकाले अर्को ठेक्का लाग्न पाएको छैन, पैसाका कारण काम रोकिएको नभइ प्राविधिक कारणले काम रोकिएको हो, अब चाँडै अर्को ठेक्का लाग्छ, काम शुरु हुन्छ ।’
सडक डिभिजन कार्यालयले भने अझै काम अन्योलमा नै रहेको संकेत गरेको छ । मुद्धाको फैसला नभइ अर्को ठेक्का मार्फत काम गर्न सक्ने आधार नै नभएको ठेक्का दिने संघीय कार्यालय सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादबले बताए ।
समितिका वरिष्ठ उपाध्यक्ष शुशिल राईले विभिन्न भागमा कामलाई विभाजन गरेर ठेक्का लगाइएको हुनाले एउटा कम्पनीले जिम्मा लिएको क्षेत्रभित्रको ठेक्का तोडिएर काम अवरुद्ध भएपनि अरु क्षेत्रमा काम भइरहेको बताए ।
भत्किन....उनले समयमा काम नभएर यात्रुले सास्ती खेप्नुपरेको भने सत्य हो । उनको स्वीकारोक्ती छ । कतिपय उपभोक्ताले लामो समय समिति परिवर्तन नहुँदा र एउटै समितिले काम गर्दा मनोमानी भएको, हिसाव किताव पारदर्शी नभएको र निर्माणको गुणस्तरीयतामा पनि प्रश्न उठाउँदै आएका छन् ।
दमक– चिसापानी–रवि सडक विक्रम सम्बत् २०५० सालदेखिनै निर्माण थालिएको हो । काम रोकिएपछि निर्माण भएका करोडौं रुपयाँको संरचना समेत क्षति हुँदै गएकाले सरकारले तत्काल काम गराउने वातावरण बनाउन स्थानीय बासिन्दाले माग गरेका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो