सुदुरपश्चिममा भिषण वर्षा, विभिन्न जिल्ला प्रभावित

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरे अनुसार बुधबार रातीदेखि सुदुरपश्चिम प्रदेशमा भारी वर्षा भईरहेको छ । भारी वर्षाबाट सुदूरपश्चिम प्रदेशका बुधबार रातिदेखि डडेल्धुरा, डोटी, बैतडी, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा भीषण वर्षा भइरहेको छ ।


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी डडेल्धुरामा वर्षा भएको छ । डडेल्धुरामा एक सय ६७, कैलालीको धनगढीमा एक सय ५७ र डोटीको दीपायलमा १ सय १२ मिलिमिटर वर्षा भएको छ । अहिले पनि वर्षा जारी छ ।

वर्षाका कारण पहिरो जाँदा प्रदेशका विभिन्न राजमार्ग पनि अवरुद्ध भएका छन् । तराईका जिल्लाबाट सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको आधा दर्जन स्थानमा पहिरो गएपछि पूर्ण रूपमा अवरुद्ध छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार राजमार्गको खानीडाँडा, फल्टुँडे, भासु भिर, मेलखर्क, साखुखर्कलगायतका स्थानमा पहिरो खसेको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा सबैभन्दा ठूलो पहिरो खसेपछि राजमार्ग बिहानैदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै डडेल्धुराबाट डोटी जोड्ने केआईसिंह राजमार्ग पनि पूर्ण रूपमा बन्द रहेको जल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्गको रडुवा र सकायल क्षेत्रमा पहिरो खसेको छ ।

यस्तै, डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रूपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । यस्तै, बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ ।

राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएपछि बझाङको यातायात अवरुद्ध भएको हो । यस्तै, केदारस्यु गाउँपालिका क्षेत्रमा पनि पहिरो गएपछि आवातजावत ठप्प छ । बिजुलीको तार चुँडिएर सेती नदीमा पु¥याएपछि बझाङको विद्युत् सेवा पनि अवरुद्द भएको छ ।

यस्तै, डडेल्धुराबाट बैतडी जोड्ने राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ । राजमार्गको डडेल्धुरा सदरमुकाम क्षेत्र, अनारखोली क्षेत्रमा पहिरो गएपछि रामाजर्ग अवरुद्ध भएको हो ।

यसैगरी, कैलालीमा भारी वर्षा भएपछि विभिन्न क्षेत्रमा बाढीले क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार मोहना, खुटीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा छ ।

 उनले तटीयक्षेत्र र डुबान हुने होचा स्थानमा उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरिएको बताए । जोशीका अनुसार कर्णाली नदीले पनि चेतावनी तह पार गरेको छ । यस्तै, जोशीपुर गाउँपालिकामा मात्रै बाढीले एक सय परिवार प्रभावित भएका छन् ।

एक बालिकालाई खोलाले बगायो, पहिरो खसेर २ जना घाइते

डोटीमा एक बालिकालाई खोलाले बगाएको छ । केआईसिंह गाउँपालिका–४ की ८ वर्षीया बालिका निर्मला चन्फलाई खोलाले बगाएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार दूध बेच्न जाने क्रममा उनलाई बगाएको र बालिकाको खोजी कार्य जारी छ । डोटीको बडिकेदार गाउँपालिकाको टिमुटेमा ठूलो पहिरो खसेको डीएसपी भट्टराईले जानकारी दिए ।

घरमाथिबाट पहिरो आएपछि च्यापिएर स्थानीय ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीया श्रीमती भागरथी जेठारा घाइते भएका छन् उनले भने, भागरथीको अवस्था गम्भीर छ भने उनलाई प्रहरीले स्वास्थ्य चौकी पुगाएको छ । तुलारामलाई पनि प्रहरीले बोकेर स्वास्थ्य चौकी पु¥याइरहेको छ ।झ पहिरो खस्दा दर्जनौँ चौपाया पनि च्यापिएर मरेका प्रहरीले जनाएको छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया