इटहरी । निर्वाचन खर्चका लागि उम्मेदवार र दलले अलगै खाता खोल्नुपर्ने, आयोगले गर्यो राष्ट्र बैंकलाई पत्राचार
निर्वाचन खर्चका लागि उम्मेदवार र दलहरूले अलगै खाता खोल्नुपर्ने भएको छ। मतदाता प्रभावित पार्न दल र उम्मेदवारले मनलाग्दी रकम खर्च गर्ने परिपाटी रोक्न आयोगले निर्वाचनलक्षित खर्चलाई बैंकिङ प्रणालीसँग आवद्ध गरेर त्यसको नियमनसमेतको प्रयास थालेको हो। यसैका लागि विशेष खाता खोल्न र त्यसको नियमनसमेत गर्नेगरी आयोगले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा चुनावलक्षित खर्चका लागि दल र उम्मेदवारले अलगै बैंक खाता खोलेर त्यसैमार्फत् कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ। यसैको कार्यान्वयनका लागि आयोगले छुट्टै निर्णय गरेर राष्ट्र बैंकलाई पत्राचार गरेको हो।
शुक्रबार आयोगले उम्मेदवार र दलहरूको निर्वाचनलक्षित खर्चका लागि विशेष खाता खोल्नेबारे निर्णय गरेर राष्ट्र बैंकलाई पत्राचार गरेको छ। उम्मेदवार र दलले गर्ने निर्वाचनलक्षित खर्चसम्बन्धीका आचारसंहिताका व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन गराउन आयोगले भनेको छ।
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फका दलीय र स्वतन्त्र उम्मेदवारहरूसमेतका लागि अलगै खातामार्फत् बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त गर्न आयोगले भनेको छ। इजाजत राष्ट्र बैंककै वित्तीय जानकारी इकाई ९एफआईयू०मा आवद्ध रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट लिनुपर्ने आयोगको पत्रमा उल्लेख छ।
विशेष खाता आयोगले निर्णय गरेर बन्द गर्न नलगाउँदासम्म सक्रिय रहनेछ। आयोगले निर्णय गरेर बन्द गर्ने भनेपछिमात्र खाता निष्क्रिय गर्न भनिएको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो