कोभिड १९ को संक्रमण र त्यसपछिका अन्य महामारी, प्राकृतिक विपत्ति र आर्थिक मन्दीले पूर्वी नेपालको दमकसहित पुर्वी सीमानाका बजारले अझै व्यापारीमा उत्साह थप्न सकेको छैन । जाल थापेपछि माछा पर्छ भन्नेमा विश्वास राखेर टिक्न सक्ने व्यापारीहरु बसिरहेका छन् । यो ४–५ वर्षको आर्थिक उथलपुथलले धेरै व्यापारीहरुको उठिबास लगाईसकेको छ । आफुले वर्षौदेखि व्यापार व्यवसाय गर्दै आएको स्थान छोडेर कति व्यवसायी पलायन भए भने कतिले व्यवसाय परिवर्तन गरेका छन् । व्यापार व्यवसाय छोडेकाहरुको अधिकांशको रोजाई पछिल्लो समय कृषि बनेको छ ।
अधिकांशको व्यापार व्यवसाय चाडपर्वको मुखमा पनि बोहनी नै हुन नसकेको गुनासो गरिरहेका छन् । उनीहरुलाई पारिवारिक गर्जो कसरी टार्ने भन्दा पनि भाडा कसरी तिर्ने भन्ने समस्याले पिरोलेको बताउँछन् । सबै उद्यामी व्यवसायी अहिलेको अर्थतन्त्रमा रहेका अनेकन समस्याले पिरोलिएको दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठको भनाई छ । पहिला दिनको लाखसम्म व्यापार हुने ठाउँमा अहिले बोहोनी नै नहुने अवस्था सिर्जना भएको दुखेसो पोख्छन् । बजारमा साना साना होटल, ठेला र चिया पसलहरु साथै खाद्यान्नकालागि खोलिएका पसलहरुमा सामान्य ग्राहक भए पनि लत्ता कपडा, जुत्ता, कस्मेटिकलगायतका पसलहरुमा ग्राहकको न्युन उपस्थिति रहने गरेको ब्यवसायी पुष्प विष्ट बताउँछिन् ।
यस्तो गुनासो बजारमा धेरैको छ, ‘अहिले व्यापार गरेर बसेकाहरु पनि टिक्न सकिन्छ कि भनेर मात्रै बसेका हुन्’, उनी भन्छिन् । ‘दिनभर झिंगा धपाएर बस्नु परेपछि के खाने ?’ बेच्न खोज्दा नबिकेपछि भाडा तिरिरहनुभन्दा सामान निकालेर पसल छोड्नेहरु बढेको दमक बजारका ब्यवसायी भरत चुँडाल बताउँछन् ।
हाइवे आसपासका झट्ट हेर्दा भव्य देखिने धेरै व्यापारिक मलहरू अहिले सुनशान छन् । उनीहरुको पिरलो छुट्टै छ । विकासले गर्दा पनि उनीहरुको व्यापार व्यवसायमा असर पु¥याएको बताउँछन् । खासगरेर पछिल्लो समय सडक विस्तारका कारण दायाँ वायाँका रुखहरु काटिँदा र सडकको चौडा विस्तार गर्ने क्रममा भत्काईँदा पसलेहरुले घाम र धुलोको मार खेप्नु परेको गुनासो ब्यवसायीले गर्ने गरेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ (गोपाल)ले बताए ।
व्यापार व्यवसायको अवस्था पनि उस्तै छ । कोरोना कहर पछि सुस्ताएको पूर्वी नेपालको सीमा क्षेत्रका बजारहरुमा अझै पनि कारोवार बढ्न सकेको छैन । चाडबाड नजिकैसँगै बजारमा विक्री बढ्ने आशामा बसेका व्यवसायीहरुमा विक्री नबढेपछि खासै उत्साह आउन सकेको छैन । पूर्वी नेपालको काँकडभिट्टा रानीगंज नाका क्षेत्रका दुवै देशका बजारहरु अझै पनि पहिलेको गतिमा आउन सकेको छैनन् । चाडबाड नजिकिएसँगै व्यापार व्यवसाय बढ्ला भन्ने आशा यो बर्ष पनि निराशा बन्दै गएको पानीट्याङकीका व्यवसायीहरुले बताएका छन् ।
कोरोना काल पूर्व पानी ट्याङकी बजारमा मानिसको खुट्टा राख्ने ठाउँ पाउन मुश्किल हुने गरी भीड हुन्थ्यो । भारतीय भूमिमा नेपालीको बर्चश्य रहेको पानीट्याङ्की बजारको व्यवसाय बढ्न नसकेको लामो समयदेखि व्यवसाय गर्दै आउनु भएका राजकिशोर यादवले बाए । यादवका अनुसार कोरोना काल पूर्व दैनिक १५ देखि २० हजारको व्यापार हुँदै आएकोमा पछिल्लो समय ५ हजारको बिक्री गर्न पनि समस्या हुने गरेको बताउँछन् ।
लामो समय पछि नेपालको उत्तरी सिमाना चाइनासँगको नाका संचालन आउन थाले पछि भारत भएर यो नाका हुँदै आउने सामानहरु घटेको छ । जसका कारण सिमाका बजारको कारोबार मात्र नभएर राजश्व संकलन समेत घट्दै गएको मेची भन्सार कार्यालयले जनाएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो