काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ भने महाधिवेशनले झलनाथ खनाललाई ‘सम्मानित नेता’ चयन गरेको छ ।
उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
२२ असार २०८१, शुक्रबार ०६:२७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो