इटहरी । कृष्ण जन्माष्ठमीको अवसरमा विगत वर्ष झै यस वर्ष पनि राधाकृष्ण रथयात्रा निकाल्न तयारीमा सबै स्थानीय तह लागेका छन् । भौगोलिक परिवेश र चेतका आधारमा रथयात्रालाई व्यवस्थित र मर्यादित बनाउँदै स्थान विशेषको छुट्टै धार्मिक पहिचान कायम गर्न उद्दत देखिन्छन् । सोही क्रममा इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, सुन्दलरहरैंचा नगरपालिका, उर्लाबारी नगरपालिका, रामधुनी नगरपालिका, दुहवी नगरपालिका, इनरुवा नगरपालिका, दमक नगरपालिकालगायत सबैले श्रीकृष्ण जन्माष्ठमीलाई महत्वका साथ रथयात्रा निकाल्ने तयारीमा जुटेका छन् । ति रथयात्रा तयारीका क्रममा सबैतिर मूल आयोजक समिति र उपसमितिहरु बनाएर धमाधम काम भईरहेका छन् । श्री कृष्णको मुर्ति बनाउने कलाकारलाई पनि यतिखेर भ्याइनभ्याई छ । सबैतिर भदौ १० गने पर्ने कृष्ण जन्माष्ठमीको भोलिपल्ट ११ गते नगरमा रथ निकाल्ने गरी तयारी थालेका हुन् । सबैतिर त्यसको अगुवाई स्थानीय पालिकाले नै गरिहेका छन् । दमक नगरपालिकाको संरक्षकत्वमा हुन लागेको श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिले सदाका लागि, सबैका लागि ऐतिहासिक श्री कृष्णको रथ दमक नगरीमा परिक्रमा गराउन सबैको साथ र सहयोगका लागि आग्रह गर्दै आएको छ । यद्यपि सो रथ यात्राको व्यवस्थापनका लागि विभिन्न उपसमिति समेत गठन गरेर पत्राचार गरी जिम्मेवारी सुम्पिएको र ती उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी बमोजिम काम गर्रिरहेको प्रतिक्रिया मूल आयोजक समितिले दिएका छन् । रथयात्रा सफलताका लागि प्रचारप्रसार समिति, नेट–तार व्यवस्थापन, स्वास्थ्य सेवा, पुजापाठ व्यवस्थापन, रंगोली निर्माण तथा आरती व्यवस्थापन, आर्थिक व्यवस्थापन, टोल विकास संस्था समन्वय, प्रसादी व्यवस्थापन तथा वितरण, निमन्त्रणा, चिठीपत्र छपाई तथा वितरण, रुट निरीक्षण तथा व्यवस्थापन, झण्डा निर्माण तथा रुट श्रृङ्गार व्यवस्थापन, रथ सुरक्षा व्यवस्थापन, फलफूल व्यवस्थापन, शंखध्वनी व्यवस्थापन, ट्राफिक व्यवस्थापन, स्वयंसेवक परिचालन, रथको प्राविधिक व्यवस्थापन, नौमति बाजा लगायत अन्य बाजागाजा व्यवस्थापन, साउण्ड सिस्टम व्यवस्थापन, लिला, नृत्यहरु व्यवस्थापन, मन्दिर परिसर सजावट,सरसफाई ब्यवस्थापन, पिउने पानी व्यवस्थापन, रथ तान्ने, पुष्प वृष्टी व्यवस्थापन र सजावट, शान्ति सुरक्षा व्यवस्थापन, पञ्चकन्या व्यवस्थापन, विभिन्न जातजातिका संस्कृति पहिचान र व्यवस्थापन, भजन कीर्तन, अनुगमन, शौचालय साथै माक्सको व्यवस्थापनलगायतका उपसमितिहरु सबैतिर बनाइएका र सोही अनुसार काम भईरहेका छन् ।
यसैगरी विराटनगर महानगरपालिकाले त रथयात्रालाई भव्य र सभ्य बनाउन तयारीका क्रममा व्यवस्थापनका दृष्टिले अब्बल बनाउन जथाभावी पानी वितरण गर्न नदिने भएको छ । विराटनगरमा निकालिने रथयात्राका क्रममा फोहोर मैलालाई व्यवस्थापन गर्नका लागि पानी बाँड्नेहरुले महानगरसँग समन्वय गरेर मात्र पानी तिवरण गर्न पाउने भएका छन् । रथयात्राका त्रममा पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्बत, प्रसाद लगायतका सामग्री वितरण गर्न सरोकारवालाहरुलाई महानगरबाट पूर्वस्वीकृति लिन आग्रह समेत गरेको छ । गरेको छ । महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । रथयात्राको त्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ–संस्थाहरूले अनिवार्य रूपमा महानगरबाट पूर्वस्वीकृति लिनुपर्नेछ । महानगरपालिकाले सेवा प्रदायकहरूलाई फोहोरलाई डस्टबिन वा बोरामा संकलन गरी सडक सरसफाईको साधनमा राख्न निर्देशन दिएको दाहालले बताए । दाहालका अनुसार रथयात्रालाई स्मरणीय र उदाहरणीय बनाउन महानगरले सबै शक्ति लगाएर काम गरिरहेको पनि बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो