३० औ राष्ट्रिय कण्डम दिवसको अवसरमा इटहरीमा १५ हजार ९ सय कण्डम वितरण

सुप्रिया राई

इटहरी । ३० औ राष्ट्रिय कण्डम दिवसको अवसरमा इटहरी उपमहानगरपालीका अगाडी निशुल्क कण्डम वितरण गरीएको छ ।

   कण्डम दिवसको अवसरमा पैदल यात्री,वस,रीक्सा लगायतको सवारीसाधनमा सवार यात्री तथा आवस्यकता रहेको ब्याक्तिहरुलाई १५ हजार ९ सय कण्डम विरतरण गर्नका सार्थ निशुल्क चेकजाच,एच.आइभी र यौन रोग सर्न बाट बच्नका लागी ध्यान दिनु पर्ने विषयमा परामर्स कण्डम प्रर्दसनी गरीएको थियो ।

एच आइभीको उच्च जोखीममा रहेको समुदायहरुमा कण्डमको महत्वको बारेमा बुझाउन उनीहरुलाई एच आइभी र यौनरोग बाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा जानकारी दिनको लागी यो कार्यक्रमको आयोजना गरीएको आम्दा नेपाल इटहरीका प्रमुख रोहित उराउले जानकारी गराए ।

इटहरीको आइतबारेमा आम्दा नेपालको भवन रहेको र एच आइभी र यौन रोग सग सम्बन्धित रहेर एच आईभी को उच्च जोखीममा रहेको विरामीहरुको निशुल्क औसधी उपचार गरीने पनि आम्दा नेपालको प्रमुख  रोहीत उराउले जानकारी गराए ।

इटहरी उपमहानगरपालीकाको आयोजना तथा आम्दा नेपाल,मानव कल्याण समाज,मेरी स्टोप्स सेन्टर,प्रयास महिला समुह,महीला सहयोगी समुह,आस्था फाउण्डेसन,श्रमीक महिला साझा मञ्च,नेपाल परीवार नियोजन संघ,जागरण आरोग्य समुह,माइती नेपाल,साहारा समाज,मितीनी नेपाल,इलाका प्रहरी कार्यलय इटहरी लगायतका संघसंस्थाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

एच आइभी र यौन रोग बाट बच्न  हरेक यौन सम्र्पकमा कण्डमको प्रयोग भन्ने नाराकोको साथ ३० औ राष्ट्रिय कण्डम दिवस सम्पन्न गरीएको आस्था फाउण्डेसनका सञ्चालक चन्द्र बरालले जानकारी गराए । कार्यक्रममा विभिन्न संघसंस्थाको प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।


सुप्रिया राई
प्रतिक्रिया