फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । २००२ को एसिया कपमा छनौट भए पनि खेलबाट बञ्चित भएको नेपाल पहिलो पटक एसिया कप खेल्ने तयारीमा जुटेको छ । सोमबार टियुमा भएको युएईसँगको खेल वर्षाका कारण अरुद्ध भए पछि मंगलबार जारी एसीसी प्रिमियर कप क्रिकेटमा युएईमाथि ऐतिहासिक विजय हासिल गरेर पछि पहिलो पटक एसिया कप खेल्ने बाटो नेपाल तय गरेको हो ।
२००२ मा पनि नेपाल एसिया कपका लागि छनोटमा २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । त्यसबेला युएई र नेपाल एसिया कपमा छानिएका थिए । तर भारत र पाकिस्तानबीच कारगिलमा युद्ध चलिरहेको थियो । भारतले पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि नेपाल र यूएई छनोट भएर पनि एसिया कप खेल्न बन्चित भएको थियो । यस पटक भने ऐतिहासिक जित निकाल्दै एसिया कप खेल्ने तयारीमा नेपाल जुटिसकेको छ ।
सोमबार र मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सोमबार टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । खेल स्थगित भएपछि मंगलबार त्यहिँ अवस्थाबाट खेल सुरू भएको थियो । मंगलबार थप ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो ।
युएईका लागि आसिफ खानले ५४, आर्यान लाक्राले २३, कप्तान मुहम्मद वासिमले ११ तथा वसिल हमिदले १० रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले समान २र२ तथा गुलसन झा,सोमपाल कामीले समान १र१ विकेट लिए । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका गुल्शन झाले अविजित ६७ र भिम सार्कीले अविजित ३६ रन बनाए । युएईका लागि रोहन मुस्तफाले २ तथा आयान खानले १ विकेट लिए । युएईलाई पराजित गरेर नेपालले पहिलो पटक एसिया कप खेल्ने भएको छ । एसिया कपमा स्थान बनाएको नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता नेपाल समूह ‘ए’ मा तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो