इटहरी । पोखरा खेलकुद महोत्सव अन्तर्गत राष्ट्रिय खुल्ला एवं जुनियर पुरुष तथा महिला इपी फेन्सिङ प्रतियोगीतामा ३ स्वर्ण र २ कास्य जिद्दै नेपाल आर्मी टिम च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालीका खेलकुद विकास समीतीको आयोजना तथा गण्डकी प्रदेश फेन्सिङ संघ,कास्की जिल्ला फेन्सिङ संघ र पोखरा महानगरपालीका फेन्सिङ संघको समन्वयमा भएको प्रतियोगीतामा नेपाल आर्मी टिम च्याम्पियन भएको हो त्यसै गरी २ स्वर्ण ५ रजत र ३ कास्य सहित गण्डकी प्रदेश दोश्रो र २ स्वर्ण २ रजत र ४ कास्य सहित वागमती प्रदेश तेश्रो भएको छ ।
पोखरा रंगशालामा २ दिन सम्म भएको दोश्रो पोखरा राष्ट्रिय खुल्ला जुनियर तथा सिनीयर महिला,पुरुष इपी फेन्सिङ प्रतियोगीतामा विभागीय टिम नेपाल आर्मी,ए पी ए फ,कोशी प्रदेश,गण्डकी प्रदेश,सुदुरपस्चिम प्रदेश,वागमती प्रदेशको सहभागीतारहेको गण्डकी प्रदेशका अध्यक्ष विजय शाहीले जानकारी गराएका छन् ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो