:— चिरञ्जीवि तिम्सिना —:
‘भोजपुरै जिल्ला, यस्तो राम्रो ठाउँ हाम्रो अन्त कहाँ मिल्ला’
कतार । जिल्ला तथा क्षेत्रिय संस्थाहरुको बाढी रहेको कतारमा मोरङसुनसरी सेवा समाज कतारले पूर्वै रमाइलो बोलको गितमा लगानी गरेर सार्वजनिक गरेपछि अहिले भोजपुर सेवा समाज कतारले सांगीतिक लगानीबाट जिल्लाको प्रचारमा जुटेको छ ।
भोजपुर सेवा समाजका उपाध्यक्ष समेत रहेका गुणराज कटुवालको शब्दमा केही दिन अगाडि सार्वजनिक गरिएको “भोजपुरै जिल्ला” बोलको गीतमा राखिएका कटुवालका शब्ब्दले भोजपुरको माटो, मान्छे, र मौलिकपनलाई शब्दमार्फत् जिउँदो बनाएको छ । त्यसो त भोजपुर सेवा समाजका उपाध्यक्षको शब्द चयन मात्रले पनि भोजपुर सेवा समाज कतारले अपनत्व लिन चाहेको होइन उक्त गीत सार्वजनिक गर्न लगानी समेत गरेको छ । त्यस कारणले संस्थाको सम्पत्तिको रुपमा उक्त सांगीतिक कोसेलीलाई संरक्षण गरेर राख्ने र भोजपुर जिल्लाका ९ जिल्लाभित्र रहेका अनेकन धार्मिक, पर्यटकीय देखि सम्भावित स्थानहरुको पहिचानसहित समृद्धिका कोसेलीहरुको प्रचारमा लागिरहने प्रतिबद्धता समेत उक्त संस्थाले गरेको छ ।
भोजपुरका ९ वटै स्थानीय तहको परिचय, ऐतिहासिक, धार्मिक, साँस्कृतिक विशेषता समेटिएको “भोजपुर हाम्रो भोजपुर“ बोलको गीत सार्वजनिक भएको हो ।
यो गीतमा भोजुपरे खुकुरी, सिद्धकाली मन्दिर, टेम्के डाँडा, साल्पा पोखरी, पखुवा,गोल्मे भिर, अरुण नदि दूध कोशी, कावा खोला पिखुवा खोला, दोभाने, दिंला, प्याउली, च्याग्रे,घोडेटार बजार सबैलाई अटाएको छ साथै पोैवादुङमा,आमचोक रामप्रसाद राई र षडानान्द सबैलाई अटाएको छ यो गीतमा भोजपुर का हरेक महत्त्वपूर्ण ठाउँ हरु समेटिएका छन !
सामाजिक संस्थाले समाजको हक हित का साथ सथै आफ्ना जिल्लाका ऐतिहासिक धार्मिक पर्यटन क्षेत्र लाई चिनाउनु संरक्षण गर्नु र प्रबर्द्धन गर्नु पनि संस्थाको पनि महत्त्वपूर्ण भुमिका हुनुपर्ने भन्ने ठानेर भोजपुर सेवा समाज कतार का उपाध्यक्ष तथा प्रचारप्रसार विभाग प्रमुख समेत रहनु भएका श्री गुणराज कटुवालले बताउनु भयो उक्त गीत
लोकप्रिय गायक राजेशपायल राई र सुनिता थेगिमको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘भोजपुरै जिल्ला’ सार्वजनिक भएको छ । गीतले भोजपुर जिल्लाको सुन्दरता, संस्कार, र भावनात्मक पक्षलाई कलात्मक रुपमा प्रस्तुत गर्दै दर्शक श्रोताको मन जित्न खोजेको छ ।
गितमा गुन्जिएको गायक र सृजनाको मेल
गीतमा शब्द दिएका छन् गुणराज कटुवालले, जसले भोजपुरको माटो, मान्छे, र मौलिकपनलाई शब्दमार्फत जिउँदो बनाएका छन् । संगीत मनोज साङसोन राईको रहेको छ भने संगीत संयोजन समेत उनैले गरेका छन्। गीतको रेकर्डिङ मनोज साङसोन राई र सुरेश पायल राईले गरेका हुन् ।
प्राविधिक पक्षको मजबुत प्रस्तुति
गीतको मिक्सिङ र माष्टरिङ अनुभवी साउन्ड इन्जिनियर राजु कार्कीले गरेका छन् भने असिस्टेन्ट मिक्सिङ सुरेश पायल राईले सम्हालेका छन् । सम्पूर्ण रेकर्डिङ र पोस्ट प्रोडक्सनको काम ‘स्टुडियो किङ’ मा सम्पन्न गरिभावशैलीले भोजपुरप्रतिको आ त्मीयता मात्र नभई भूगोल, संस्कार र सौन्दर्यप्रति गर्व प्रकट गर्छ। “यस्तो राम्रो ठाउँ हाम्रो अन्त कहाँ मिल्ला” भन्ने भावले भोजपुरप्रेमलाई उच्च स्तरमा पुर्याएको छ।
https://youtu.be/ADoyfrHV-74?si=0vgj33cLyOZ-UK8J
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो