ठूलो मेहनत र परिश्रमको प्रतिफल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा इटहरीका आयुषलाई स्वर्ण पदक

खगेन्द्र कार्की

इटहरी । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आयुष कटवालले दुई स्वर्ण पदक जितेका छन् । भारतको बिहारमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आयुषले नेपालको प्रतिनिधित्व गर्दै दुई स्वर्ण पदक प्राप्त गर्न सफलका हुन् । इटहरीका आयुषले कुमुते विधाको ४५ केजी तौल समूहमा सिनियर पुरुषतर्फ र यु(१८ काता विधामा गोल्ड जितेको प्रशिक्षक सागर राउतले जानकरी दिए ।

बिहारमा जनवरी २० र २१ गरी दुई दिन भएको त्रि–अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा सहभागी हुन १८ जनवरीमा आयुष र प्रशिक्षक राउतसहित चार जना उक्त प्रतियोगितामा सहभागी हुन भारतको बिहार पुगेका थिए । आयुष इटहरी कराते एकेडेमीका खेलाडी हुन् । उक्त प्रतियोगिता नेपाल, भारत र भुटानबीच भएको आयुष बताउँछन् । सानै उमेरदेखि कराँतेप्रति लगनशिल रहेको र यस अघि पनि पटक पटक अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा भाग लिएको भए पनि सफलता यस पटक हात परेको उनका पिता कुमार कटुवाल बताउँछन । आयुषको यो पदक आयुष र आयुषको परिवारको मात्र नभएर समाज र राष्ट्रको लागि भएको पिता कटुवाल बताउँछन् । 


खगेन्द्र कार्की
प्रतिक्रिया