फाष्ट मिडिया नेपाल संवाददाता
पथरी (मोरङ) । विपन्न र आर्थिक पहुँच कम भएकाहरुलाई परिवारको जीवनस्तर उकास्ने उद्देश्यका साथ खुलेका सहकारीमा पछिल्लो समयमा घोटाला प्रकरण बढ्दै गएको छ । सहरका टाठाबाठाको कुरा छोडौं ग्रामिण भेगमा पनि अध्यक्ष, व्यवस्थापक र सहलेखापाल मिलेर सय भन्दा कम रहेका बचतकर्ताबाट संकलित रकम भण्डै पौने १ करोड रकम झ्वाम बनाएका छन् । यो समाचार पथरीशनिश्चरे वडा नं. ६ को हो । रकम हिनामिना गरेको आधारमा बचतकर्ताको ७४ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं। ६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक राजेन्द्र तामाङ, लेखा सहायक ४६ वर्षीय विश्वनाथ चौधरी र अध्यक्ष ४५ वर्षीय लालबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
९८ जना बचतकर्ताको ७४ लाख १९ हजार आठ सय सात रुपियाँ ठगी गरेको कसुरमा उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना अभियुक्तहरूउपर अनुसन्धान सम्पन्न गरी मोरङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो