काठमाडौं । तातोपानी नाकाबाट धमाधम रक्सी तस्करी भइरहेको तथ्य बाहिरिएको छ । जब रात पर्छ रक्सी तस्करी प्रहरीकै अगाडि हुने गरेको तथ्यले प्रहरकिो संलग्नताको आशंका गरिएको छ । प्रायः रातको १२–१ बजे चिनियाँ भू–भागबाट भोटेकोशी नदी तारेर नेपालपट्टि रक्सी तारिन्छ ।
रात परेपछि तस्करहरू सक्रिय हुन्छन् । सीमाबाट रक्सी बोकेर राति बाह्रबिसेतर्फ आउँदै गरेको बा.२०च ६२०९ नम्बरको बोलेरो डाक्लाङमा पल्टिएपछि रक्सी तस्करी भइरहेको तथ्य खुलेको हो । बोलेरोमा पाँच कार्टुन चिनियाँ रक्सी थियो ।
जनपथ प्रहरीको तातोपानी क्षेत्र हेर्ने प्रमुखले तस्करसँग मिलेर रक्सी तस्कर गरेको स्थानीयले आरोप लगाएका छन् । जनपथ प्रहरीको जुन प्रमुख रहँदा पनि तस्करसँग मिलेर रातभर रक्सी तार्ने गरेको स्थानीयको गुनासो छ । चिनियाँ रक्सी अत्यन्तै कडा हुन्छ । टाइगर नामको रक्सीले मानिसको ज्यानै लिन सक्छ । सरकारले अर्काे मुलुकबाट स्वदेशभित्र जुनसुकै रक्सी ल्याउन पनि प्रतिवन्ध लगाएको छ । तर, तातोपानी नाकामा प्रहरीकै मिलेमतोमा रक्सी ल्याइन्छ ।
रक्सी मात्रै होइन, रातको समयमा अन्य अवैध सामान तस्करी हुने गरेको आशंका गरिएको छ । यद्यपि, जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले तस्करी भएका रक्सी प्रहरीले बरामद गरेर नष्ट गरिरहेको जानकारी दिए । ‘भर्खरै खुला भएको नाका हो । तस्करीकै स्तरमा भएको होइन । यदि कसैले गर्छ भने त्यसको कडाइपूर्वक नियन्त्रण गरिनेछ,’ उनले भने । गत महिना पनि प्रहरीले तस्करी गरिएका चिनियाँ ब्रान्काड रक्सी नष्ट गरेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो