दशकपछिको कांग्रेस–एमाले मिलन : न भुतो न भविष्यती

खगेन्द्र कार्की

प्रधानमन्त्री केपी शर्मा ओलीले २ तिहाई सांसदहरुको विश्वास पाएका छन् । यस अघि ३\३ पटक प्रधानमन्त्री चलाईसकेका ओलीको यो चौथो पटकको प्रधानमन्त्रित्वकाल हो । 

नेपालमा राजनीतिक दलका नेताहरुबीच को कति पटक प्रधानमन्त्री हुने वा मन्त्री बन्ने होडबाजीले नेपाली युवाहरुको दैनिकी वर्बाद पारिरहेको छ । हरेक दिन हजारौं युवाहरुको लावालस्कर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखेर मख्ख परेका नेताहरु सँधै विदेश गएका युवाहरुले पठाएको रेमिट्यान्सबाट देश चलोस् भन्ने कामना गरेको अनुभुति हुन्छ । 

जसोतसो केही गर्छु भन्ने नयाँ सोच र भिजन भएका युवा नेताहरुको साथ लिएर स्वतन्त्र रुपमा निवर्तमान प्रधानमन्त्री प्रचण्डले देश चलाईरहेको सन्दर्भमा एकाएक सरकार परिवर्तन गर्नुले ठुला दुईदलको बीचमा स्वार्थ लुकेकै छ । देश र जनताभन्दा माथि दलको स्वार्थ हेरेर कुनै पनि सरकार बन्छ भने त्यो सबैको लागि घातक सिद्ध हुनेछ । स्वार्थ लुकेको प्रधानमन्त्री ओलीले संसदभवनको रोष्टमबाट वाचन गरेको दुई दलबीचको सहमतिले पनि देखाउँछ । पहिलो स्वार्थ त उनी देशमा दीर्घकालिन राजनीतिक स्थायित्व चाहँदैनन । स्थायी सरकारको कल्पना गरेर एक ठाउँमा उभिएको भनिए पनि सत्ता बाँडचुड गर्ने सहमति गरेका छन् । अर्को संविधान संशोधनको ठूलो स्वार्थ जोडिएको छ । संविधान संशोधन केका लागि किन भ्रन्ने कुनै विषय नभई उनीहरु दुई तिहाई पु¥याएर संशोधन गर्ने पक्षमा उभिएका छन् । अन्य नेताहरुको आरोप अनुसार साना दलहरुको वर्चस्व हटाउन उनीहरु थ्रेस होल्डको परिकल्पना गरेर सरकारमा जोडिएका र सँधै दुई दलको वर्चस्व कायम गर्ने दिशातर्फ उन्मुख रहेको आरोप पनि छ । तर यथार्थ कुरा बाहिर खुलाएका छैनन । 

संविधानको मर्म र भावना अनुसार कामै गर्न नसकेको र संविधानलाई लगौटी बनाएको आरोप जनताले लगाईरहेका बेला ओलीले आफुलाई बहुमत सांसदको प्रधानमन्त्री बनाएर चाहि गर्ने के भन्ने चासो र चिन्ता जनतामा छ । साना साना धेरै समस्यासँग पौठाजोरी खेलिरहेका जनतालाई ओलीका गतिविधिले खासै उत्साह पु¥याएको देखिँदैन । आशा र भरोसा जनताको ओलीमै भए पनि प्रधानमन्त्री भए पछि गरेका निर्णय र निर्देशनले उनको चरित्र, संस्कार र तौरतरिका पुनः उस्तै देखिनुले तीन पटकको प्रधानमन्त्री भईसकेका ओली अब त सुध्रिएर जनताको मर्म र भावनालाई आत्मसाथ गरेर आए होलान भन्ने जनताको अपेक्षा गलत सावित गरिदिए । यस अघि तीन पटक प्रधानमन्त्री हुँदा केही गर्न नसकेका ओलीले अब यो चौथो पटक प्रधानमन्त्री हुँदा के आकाशै झार्लान् त भन्ने पनि छन् ? तथापी जति तुक्का भने पनि, जति कराए पनि वा घमण्ड देखाए पनि अन्तमा ओलीसँग राजनीति गरिरहेका उनका अन्य दलका नेताहरुको तुलनामा आशा र भरोसा चाहि ओलीमै रहेको कुरा पनि जनताले गर्छन् तर त्यो जनताको विश्वास र भरोसालाई अब कसरी सम्बोधन गर्ने र जनताको विश्वास जितेर अविश्वासको खाडल कसरी पुर्ने भन्नेमा चाहिं प्रधानमन्त्री ओली अबको बाटो हुनुपर्दछ ।  

लोकतन्त्रका खम्बाका रुपमा उभिने दलका नेताहरुको दलीय भूमिका कमजोर, अस्पष्ट, सङ्कीर्ण र अनुदार भएका कारण नेपाली जनताको विश्वास गुमाउँदै गएको सबैलाई थाहा छ । त्यो कुरा स्वयम् नेताहरु पनि ओकल्न छोड्दैनन । दलगत शासन उत्तरदायी शासनको महत्वपूर्ण सिद्धान्त हो पनि भन्ने पनि गरिन्छ । राजनीतिलाई बुझेर पनि त्यसलाई विकृत बनाउँदै जनताका इच्छा आकांक्षा विपरितका बुद्धि, विचार र व्यवहारले जनतामा नैरास्यता छाएको छ । आज राजनीतिको परिभाषा नै बदलिएको छ । अब हिजोको राजनीति होइन अब सामाजिक सेवा भावको राजनीतिको विजारोपण भईसकेको छ । त्यही कारणले पनि हुनसक्ला देशमा नयाँ नयाँ शक्तिहरुको उदय भईरहेको छ ।

पहिलो कुरा राजनीतिक दलले आप्mनो कर्तव्य र गरिमालाई बोध गर्न सकेमा मात्र लोकतान्त्रिक व्यवस्थाको महत्व स्थापित हुन्छ । आधुनिक शासन–व्यवस्था लोकमतमा निर्भर छ । हरेक राजनीतिक दलले आप्mनो जनताप्रतिको दायित्व र मुलुकप्रतिको उत्तरदायित्व बुझ्न जरुरी हुन्छ । स्थानीय, क्षेत्रीय र राष्ट्रिय समस्या र तिनका समाधानका लागि दलहरूले सक्रियता, सबलता र सक्षमतापूर्वक चिन्तनमनन र विचारविमर्श गर्नुपर्छ । बनेका नीति–नियम र योजना–परियोजनालाई सफलताका साथ कार्यान्वयन गर्ने मूल दायित्व राजनीतिक दलकै हो । नेपालमा नेपाली कांग्रेस र एमाले जस्ता दलले मुलुकको विकास, सुरक्षा, विदेश सम्बन्ध, शिक्षा, स्वास्थ्य नीतिलगायतका विषयमा आप्mनो धारणालाई प्रभावशाली बनाउन नसकेको कारणबाट आजका समस्या सृजना भएका हुन् । हिजो भएका कमीकमजोरीलाई आत्मसाथ गरेर आफु सुध्रिएर जनमतको उच्च कदर गर्दै जनतालाई सर्पोपरि ठानेर जनताको समस्यालाई प्याकेजमा समाधान गर्दै अरुलाई सुधार्न प्रधानमन्त्री ओलीको विवेकले काम गरोस् र जनताबाट गुमेको विश्वास र भरोसा माथि उठोस् । प्रधानमन्त्री ओलीले तीन पटकसम्म प्रधानमन्त्री हुँदा जनताले सम्झिरहने कुनै पनि काम गर्न सकेनन् । र, यो चौथो पटक प्रधानमन्त्री मौकाले बनेका छन् । ओली अब फेरी अर्को पटक प्रधानमन्त्री होलान् नहोलानन् यसलाई अन्तिम अवसरको रुपमा लिनु पर्दछ । अहिले प्राप्त चौथो पटक प्रधानमन्त्रीतत्व कार्यकाललाई स्वर्णीम र स्मरणीय बनाउन प्राप्त भएको यो महत्वपूर्ण अवसर नगुम्ने गरी काम गर्ने अपेक्षा, आशा र भरोसा नेपाली जनताले गरेका छन् । 


खगेन्द्र कार्की
प्रतिक्रिया