मेष – नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा जोखिम र हैरानी बढ्न सक्छ । यसका बाबजुद कीर्तिमानी विभिन्न अवसर पाइने र कीर्तिमानी काम सम्पादन हुनसक्ने योग छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । कठोर मिहिनेतले काम बन्नेछ । मिठो भोजन प्राप्त होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – तपाईंबाट भए/गरेका कामबाट आज धेरैको हित हुनसक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । साझेदारीको काम बन्नेछ भने दामपत्य सुख बढ्नेछ । प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिकसुख बढ्नेछ ।
मिथुन – आजको दिन विशेष योजनाहरू बन्नेछन् भने एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । पढाइमा प्रगतिका साथै नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, साजसज्जा एवम् वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । पराक्रम वृद्धि भइ शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, यसलाई टार्न अत्यन्त सजगताको खाँचो छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । आध्यात्मिक विषयबस्तुमा मन आकर्षित रहला । घरमै बसेर पनि विभिन्न काम सम्पादन गर्न सकिने देखिन्छ । खर्च भने केही वृद्धि हुने योग छ । आरोग्यता रहनेछ भने रसरागका क्रियाकलापमा संलग्नता रहने योग छ ।
कन्या – पराक्रम वृद्धि हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । व्यापारमा फाइदै हुनेछ । काममा मातापिता एवम् विशिष्टजनको सहयोग प्राप्त हुनेछ । प्राकृतिक पर्यावरणमा मन रमाउला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त होला ।
तुला – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनतले सकारात्मक असर देखाउनेछ । व्यवसायको सन्दर्भमा यात्राको सम्भावना छ । रसरागको भाव वृद्धि हुनेछ भने दाम्पत्य जीवन सुखद रहला । धन–मान बढ्नेछ, आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षित होइनेछ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।
वृश्चिक – उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय भएपनि अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पर्न सकिने समय छ । यसले आफ्नो स्वतन्त्रतामा बाधा पार्न सक्छ, सचेत रही कार्य-व्यवहार गर्नुहोला । स्वास्थ्यमा सामान्य कमजोरी रहनसक्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । खर्च वृद्धिको योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस रहला । सामर्थ्यमा भने कमी आउनेछैन । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – उत्साहजनक समाचारले हर्ष बढाएपनि आजको दिन ब्यस्तता बढ्ने दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पुरा नहुन सक्छ । कृषि तथा पशुपालनको व्यवसायमा खर्च बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढला ।
मकर – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने देखिन्छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । तार्किक क्षमता बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्वलाई पूरा गर्न सहज हुने देखिन्छ ।
कुम्भ – कर्मबल बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । नियमित कार्यमा राम्रै फाइदा हुने देखिन्छ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभको योग छ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ ।
मीन – निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । मित्रजनको साथ मिल्न कठिन पर्ने देखिन्छ । गोपनीयतामा ध्यान दिनु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन बढ्ने देखिन्छ । संयमित व्यवहारले सकारात्मक प्रभाव दिनेछ, ध्यान राख्नुहोला ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो