बराहक्षेत्र मेयर लिग दोस्रो संस्करण माघ १६ देखि सुरु हुने, उद्घाटन खेलमा वडा नं. ७ र ८ भिड्ने

फाष्ट मिडिया नेपाल संवाददाता


इटहरी । गत वर्षदेखि सुरु भएको बराहक्षेत्र मेयर लिगको दोस्रो संस्करण यहि माघ १६ देखि सुरु हुने भएको छ ।‘ खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान’ नाराका साथ यस पटक पनि वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुँदैछ । वराहक्षेत्र नगरकार्यपालिकाको कार्यालय, नगर खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगिताको सन्दर्भमा पत्रकार सम्मेलनमार्फत बिहीबार सार्वजनिक गरिएको हो । 


खेलाडी प्रोत्साहन र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर लिग कप फुटबल प्रतियोगिताको परिकल्पना गरिएको नगरप्रमुख रमेश कार्कीले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख, उपविजेताले १ लाख, तेस्रो हुने टिमले ५१  हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् । 

वडा नं ७ स्थित वसन्तऋतु माबिको खेलमैदानमा फाल्गुन ४ गतेसम्म आयोजना हुने प्रतियोगितामा सहभागी जनाउनु हुने ११ वटै वडाको टिमले सहभागिता जनाउने छन् । उद्घाटन खेल भने वडा नं. ७ र वडा नं. ८ बीच दिनको २ः३० बजे हुने खेल तालिका सार्वजनिक गरिएको छ । त्यसपछि २८ गतेसम्म हरेक दिन २ वटा खेल हुने भएका छन् भने फाइनल तथा समापन फागुन ४ गते हुने भएको छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया