घोराही सिमेन्टद्धारा सर्वसाधारणका लागि आइपिओ निस्कासन

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । पछिल्लो समयमा सानो सानो लगानी गर्नेहरुलाई समेत मध्यनजर गरेर आइपिओ खोल्न थालेपछि आम सर्वसाधारणहरु शेयर बजारप्रति आकर्षित बनेका छन् । नाफामा गएका र राम्रा वित्तिय कारोबारमा संस्था तथा कम्पनीहरुले खुलाएको आइपिओ सर्वसाधारणको चासो र चिन्ताको विषय बन्नु पनि शेयर बजारका लागि सुखद पक्ष मानिन्छ । यसैबीच घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते) देखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित स्थानीय, कर्मचारी, म्युचुअल फण्ड र वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरेको आईपीओमा न्यूनमात्रै आवेदन परेको छ । पछिल्लो समय सिमेन्टको व्यवसाय नै ओरालो लागेको बेला घोराहीले प्रस्तुत गरेको तथ्यांकमा शंका उब्जिएपछि निष्कासन गरेको आईपीओमा मागअनुसार आवेदन नपरेको देखिन्छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया