झुम्काबाट रामधुनी मन्दिरसम्मको जिर्ण रहेको बाटो निर्माण पूर्व मन्त्री तथा सुनसरी संघीय सांसद कार्कीले बनाउने

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

रामधुनी । सुनसरी क्षेत्र नं. ४ का सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले झुम्का बजारदेखि रामधुनी मन्दिर जाने बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

रामधुनीस्थित लालपुरको रामधुनी माध्यमिक विद्यालयमा छात्रबृत्ति वितरण कार्यक्रममा सहभागी हुन आएका कार्कीले यस्तो बताएका हुन् ।

‘झुम्कादेखि रामधुनी जाने बाटो यहाँको आवश्यकता हो । यो बाटोप्रति मेरो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ ।’ उनले भने, ‘यो बाटो बनाउने जिम्मा यहाँका साथिहरुले मलाई दिएका छन् । र त्यो जिम्मा मैले लिएको छु ।’

झुम्कादेखि रामधुनी मन्दिर जाने बाटो व्यवस्थित नभएको भन्दै यहाँका स्थानीयले असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया