विजया दशमी टिकाको साइत

खगेन्द्र कार्की

इटहरी । परिवारका अभिभावक तथा मान्यजनबाट टिका लगाएर आर्शिवाद थाप्ने दिन हो विजया दशमी । यहि दिनको महत्वलाई नेपाल पञ्चाङग निर्णायक समितिले साइत निकालेर सार्वजनिक गरेको छ ।  साइतअनुसार विजयादशमीको टिकाका लागि बिहान ११।३६ लाई उपयुक्त मानिएको छ ।

यो वर्ष दशैं तीन दिन मात्र छ । अष्टमी र नवमी एकै दिन परेका छन् । २४ असोजमा फुलपाती, २५ मा अष्टमी र नवमी तथा २६ असोजमा विजयादशमी रहेको छ । घटनास्थापन भने १७ असोजमा रहेको छ ।



खगेन्द्र कार्की
प्रतिक्रिया