राज्यका तीनवटै तहका निर्वाचनमा हावी देखिएको स्वतन्त्रको बाढी विद्यार्थी संगठनभित्र पनि पसेको छ । यहि चैत्र ५ गते हुन गईरहेको आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विभिन्न क्याम्पसमा स्वतन्त्रहरुले उम्मेदवारीसँग एजेण्डा समेत प्रस्तुत गरेका छन् । सोही क्रममा इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा पनि पहिलो पटक स्वतन्त्र विद्यार्थीहरुको उम्मेदवारी परेको छ ।
फोहोरी खेलमा परिणत भएको राजनीति र त्यो राजनीतिभित्र मौलाका विकृति, विसंगतिहरुलाई अन्त्य गर्दै विद्यार्थीको हकहितमा समर्पित हुने गरी स्वतन्त्र विद्यार्थीहरुको समूहले उम्मेदवारी दर्ता गरेका छन् । शैक्षिक संस्था एउटा पवित्र मन्दिर भएको र सो मन्दिरभित्र कुनै पनि प्रकारको दुर्गन्ध वा अराजक गतिविधि हुन नदिने र पठनपाठनलाई मुख्य केन्द्रमा राखेर काम गर्ने गरी स्वतन्त्रको समूहले उक्त क्याम्पसमा उम्मेदवारी दिएको समूहका प्रत्यक्षतर्फबाट सभापतिका उम्मेदवार दानविर थापा (सम्राट)ले बताए । सो समूहको समानुपातितर्फ १६ जना सदस्यको उम्मेदवारी परेको पनि सम्राटले बताए । अन्य दलका भातृ संस्थाले खेलेको अहिलेको भूमिकाबाट आजित भएका विद्यार्थीहरु आफ्नो पक्षमा उभिएको उनको दावी छ । सो समूहले विभिन्न विद्यार्थीका एजेण्डा राखेर प्रतिबद्धता समेत जारी गरेका छन् ।
१. विद्यार्थीको आवश्यकता र इच्छा अनुरुप अध्ययन र जनता बहुमुखी क्याम्पसको आफ्नै कलेज बस ।
२. स्वच्छ कलेज, विश्वविद्यालयको अनुभव, महिला मैत्री शौचालय साथै क्याम्पसमा नर्स ।
३.डिजिटल प्रविधिमा आइटि विषयमा अध्ययन, खुला पुस्तकालय ।
४. विद्यार्थी सँगै स्ववियु नेतृत्व, स्ववियु कोषको स्थापना, दाता पहिचान र सम्मान ।
५. इन्टर्नसिप र रोजगारमा विद्यार्थीहरुलाई सहजीकरण ।
६. आर्थिक, सामाजिक र नैतिक पारदर्शी प्रशासन, जवाफदेही स्ववियु र आवश्यक संकाय थपमा पहल ।
७. खेलकुदलाई प्राथमिकता, खेलमैदानको संरक्षण,
क्याम्पसको सम्पति पहिचान र वातावरणमैत्री भौतिक पुर्वाधार निर्माण।
८. स्वास्थ्य विमाको अवधारणा, आर्थिक रुपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिको योजना।
९. विश्वविद्यालयको स्तरमा स्तरोन्नतिको गुरु योजना, छात्र छात्रा होस्टलको योजना।
१०. जनताद्वारा स्थपित क्याम्पसलाई जनताकै हातमा ः निशुल्क शिक्षाका लागि विभिन्न कार्यक्रम तथा योजना ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो