दमकको पशुपति मन्दिरमा धार्मिक प्रवचन

फाष्ट मिडिया नेपाल संवाददाता

झापा । श्रवणी पर्वको पावन अवसरमा दमकको पशुपति मन्दिर परिसरमा सोमबार धार्मिक प्रवचन कार्यक्रमको सम्पन्न गरिएको छ । 

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रमको आकर्षक व्यक्तित्व तथा कार्यक्रमका विशिष्ट अतिथि कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठानका अध्यक्ष षड्शास्त्रका ज्ञाता चैतन्य कृष्ण महाराजको मुखराविन्दुबाट उक्त प्रवचन कार्यक्रम सम्पन्न भएको छ । 

भजन कीर्तन मण्डली केन्द्रीय कार्यालय दमक, झापाको आयोजनामा आयोजित सो कार्यक्रममा दमक–६ का वडाअध्यक्ष टेकबहादुर थापालगायत विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा चैतन्य कृष्ण महाराजको मुखराविन्दुबाट भएको प्रचवन श्रवण गर्न भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष बलभद्र सिवाकोटीको अध्यक्षतामा आयोजत कार्यक्रम संस्थाका सचिव ठाकुरहरि पाखरेलले सञ्चालन गरेका थिए । सो कार्यक्रमको सहआयोजक भजन कीर्तन मण्डली नगरसमिति दमक, झापा रहेको थियो । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया