इटहरी । पोखरामा रहेका पूर्व राजा भोलि काठमाडौं आउँदा राजावादीहरुले भव्य स्वागत गर्ने तयारी गरेका छन् । त्यस अवस्थाको सुरक्षा व्यवस्थाको विषयमा प्रहरी प्रमुखहरु नै अनभिज्ञ देखिन्छन ।
पूर्वराजा काठमाडौं आउने क्रममा के कस्ता गतिविधि होलान् ? यसबारे काठमाडौं प्रहरी प्रमुख अधिकारीलाई सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘जे–जे होला, हामी चुस्त र दुरुस्त ढंगले तयारीमै छौं ।’ यसको मतलब उनीहरु बेखबर छन् । उनीहरुलाई पूर्व राजा कतिबेला आउने भन्ने नै जानकारी अहिलेसम्म नभएपछि सुरक्षा व्यवस्था कस्तो होला ? जे जे होला होला भन्दै उनीहरु बन्दुक तेस्र्याएर बस्ने मात्र हुन ?
यद्यपि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गर्ने भनिएको छ ।
एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार भोलि काठमाडौंमा नेपाल प्रहरीले ‘आवश्यक मात्रा’मा फौज परिचालन गर्न लागेको जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । ‘‘कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन दिइने छैन’, अधिकारीले भने, ‘विभिन्न युनिटका प्रहरी कर्मचारी त्यसका निम्ति तैनाथ हुनेछन् ।’
काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था गर्ने एसएसपी अधिकारीले बताए ।
तर पूर्वराजा शाह कतिबेला काठमाडौं आइपुग्ने भन्नेबारे केही जानकारी नभएको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
‘विभिन्न हल्ला सुनिए पनि वास्तविक उडान र अवतरण तालिका हामीले पाएका छैनौं’, उनले भने । यद्यपि उनी नेतृत्वको युनिटले विमानस्थल सुरक्षाबाहेक अन्य सुरक्षा प्रबन्धको कार्य गर्दैन ।
आइतबार नेपाल प्रहरीबाहेक नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका टोली पनि सुरक्षा व्यवस्थाका निम्ति परिचालन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंको स्रोतले जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको क्षेत्राधिकारभित्र पर्ने चार वटै सुरक्षा संयन्त्र परिचालन हुन्छ’, स्रोतले भन्यो ।
केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार व्यक्तिहरुको आवतजावत निषेधित हुँदैन, तर त्यस क्रममा हुने कुनै पनि किसिमका हुलहुज्जत तथा आराजकतापूर्ण गतिविधि गर्न स्थानीय प्रशासनले छुट दिएको छैन ।
‘स्थानीय प्रशासनको आदेशअनुसार प्रहरी परिचालित हुन्छ’, उनले भने ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो