पाठकको पुर्पुरो : वि.सं. २०८१ भाद्र २ गते (तद्अनुसार सन् २०२४ अगस्त १८ तारिख) आइतबार – सबैको शुभ दिन रहोस्

फामिने ज्योतिष

मेष – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ, तर सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पु¥याउनुहोला । दिनको पछिल्लो प्रहरमा विभिन्न अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्ने योग छ । यात्रागत कार्य सफल रहनेछ ।

वृष – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति भएपनि आयआर्जन राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । उद्योग–व्यापारमा विशेष फाइदा हुनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतीत होला । सुखद यात्राको योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – मिश्रित फलदायी समय छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । तथापि, वित्तादि लाभ हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिदै आएको काममा थप जांगर पलाएर आउला । ब्यापार ब्यावसायमा फाइदा नै मिल्ने देखिन्छ । आजको दिन महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्ने समय छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । छरछिमेकमा झैझगडाको सम्भावना छ, सजग रही व्यवहार गर्नुहोला । श्रमको समुचित मूल्यांकन नहुने तथा आम्दानीमा बाधा पुग्ने देखिन्छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – काम बिग्रने डरले सताएपनि आजको दिन व्यापार ब्यावसायमा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी वृद्धिले परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर, बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमण निरर्थक हुने खतरा छ । नियमित कार्यमा समस्या थपिन सक्छन् । कलात्मक काममा भने सफलता मिल्नेछ ।

कन्या – आजको दिन सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । परोपकारजन्य क्रियाकलापमा समय बित्ला । मंगलमय कृत्य सम्पादन गर्न सकिएला । तीर्थाटनको अवसर प्राप्त हुनसक्छ । प्रेमभाव जागृत हुनेछ ।

तुला – ब्यस्तता बढेपनि परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । कृषिकर्मबाट सोचेको लाभ नउठ्न सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनुका साथै नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला ।

वृश्चिक – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले लक्ष्यप्रामिा बाधा पुग्न सक्छ । स्वास्थ्य केही कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्ने योग छ । प्रतिकुलताका बाबजुद पराक्रम भने बढ्नेछ । सुख सुविधाको बस्तुमा खर्च हुने देखिन्छ ।

धनु – आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । तथापि, सहयोगीहरूले आज राम्रै साथ दिनेछन् । नयाँ काम सुरु गर्न सकिने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । पठनपाठनमा प्रगति नै हुनेछ । बौद्धिक र रचनात्मक काम सार्थक बन्नेछ । रसरागात्मक गतिविधिमा आकर्षण बढ्नेछ ।

मकर – लाभदायी काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा मिल्ला । आयआर्जनका स्रोत बढ्नेछन् भने आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने समभवना छ, सचेत रही व्यवहार गर्नुहोला । खर्चमा केही वृद्धि हुनसक्छ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कुम्भ – सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने समय छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य केही कमजोर रहनसक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग छ, सावधान रहनुहोला । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ ।

मीन– अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने दिन छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनु हितकर होला । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले सताउन सक्छ । व्यावसायिक काममा पनि समस्या आउने योग रहेकोले सजग रहनु उचित होला। ।

फामिने ज्योतिष
प्रतिक्रिया