इटहरी । खेलको सवै कुरा जानकार हुनु भन्दा पनि हामी व्यवस्थापकहरुले खेल खेल्ने खालको वातावरण खेलाडीहरुलाई सीर्जना गर्न सक्नु पर्ने नेपाल फेन्सिङ्ग संघ कोशी प्रदेश अध्यक्ष खगेन्द्र थापाले ( खेम ) इटहरीमा भएको खेलाडीहरु सग भेटघाट तथा परीचय कार्यक्रममा वताएका छन ।
खेलाडीहरुलाई खेल खेल्दै गर्दा तपाइको भविष्य सुनीस्चीत छ भनेर खेलाडीहरुलाई सुविधा ल्याउन सके खेलाडीहरुको विकास हुन्छ खेल प्रति आकर्षण वढ्छ,त्यस पछि अभिभावकहरुले पनि तिम्रो स्वास्थ्य राम्रो हुन्छ तिम्रो भविष्य राम्रो छ भनेर फेन्सिङ्ग खेल्न पठाउने समेत अध्यक्ष थापाले वताएका छन् ।
पुर्व खेलाडी समेत रहेका थापा प्रदेश खेलकुद विकास ऐन २०७७ तथा नेपाल फेन्सिङ्ग संघको विद्यान अनुसार कोशी प्रदेश फेन्सिङ्ग संघ गठन भए सगै प्रथम कोशी प्रदेश अध्यक्ष भएका हुन् ।
त्यसै गरी सुनसरी जिल्ला नेपाल फेन्सिङ्ग संघका अध्यक्ष तथा नेपाल फेन्सिङ्ग संघ केन्द्रीय सदस्य थानेस्वर ढकालले फेन्सिङ्ग खेलको उत्पती र विकासको वारेमा उपस्थीत खेलाडीहरुलाई प्रस्ट पार्नुका साथै प्रदेश अध्यक्ष सगै हामी पनि मिलेर लाग्यौ भने अवस्य खेलाडीहरुको विकास हुने वताएका छन् ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो