लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियान अन्तरगत भएको महिला मैत्रीपूर्ण फुटसल प्रतियोगितामा इटहरी उपमहानगरपालिकाकाे टिम प्रथम भएको हाे,इटहरी २० काे कवर्ड हलमा भएको प्रतियोगितामा इलाका प्रहरी कार्यलय इटहरीकाे टिम दाेस्राे,आयाेजक टिम महिला सञ्जाल तेस्रो त्यसै गरि माया घर नेपाल चाैथाे भएकाे प्रतियोगितामा आमा समूह हासपाेसा सहित ५ टिमको सहभागीता रहेको थियाे ।
महिलाहरु सारिरिक,मानसिक रुपमा स्वास्थ्य हुनु पर्छ भन्नकाे लागि याे महिला मैत्रीपूर्ण फुटसलकाे आयाेजना गरिएको साथै महिला हिंसा १६ दिन मात्रै हैन ३६५ दिननै हुनुहुदैन भनेर विभिन्न संघसंस्था सग समन्वय गरेर बिभिन्न कार्यक्रमहरु गरिरहेकाे महिला सञ्जालको अध्यक्ष याेसा गुरागाईले जानकारी गराइन ।
इटहरी उपमहानगरपालिकाकाे उपमेयर संगिता चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे फुटसल बिजयी प्रतियाेगीहरुलाई १६ दिने अभियानकाे अन्तिम दिनमा पुरस्कार बितरण गरिने अध्यक्ष गुरागाइले जानकारी गराईन ।
सुप्रिया राई
२३ मङ्सिर २०८१, अाईतबार ०४:२६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो