फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं। स्याल पनि कराउने र बाख्रा हराउने उखानलाई पशुपतिनाथको जलहरी काण्डले पुष्टि गरेको छ । एकले अर्कालाई गिराउन, बिगार्न र व्यक्तिको मानमर्दन, इज्जत र प्रतिष्ठा सबै सकिदिने ध्याउन्नमा दौडिएकाहरुले समग्र कुरा नबुझी माइन्युटको भरमा बाहिर निकालेको सन्दर्भ पशुपतिनाथमा जलहरी लगाउँदा माइन्युटमा गरिएको एउटा सानो भुल (त्रुटी)ले आज उक्त कोषका सदस्यसचिव मिलन कुमार थापा रुँदै बोल्नु परेको छ । पशुपतिनाथमा जलहरी लगाउँदा १० किलो सुन हराएको सन्दर्भमा संसदीय समितिले गरेको छलफलमा उनले रुँदै आफ्ना कुरा राख्न बाध्य पारिएको बताए । गाउँको किसानको छोरो सेवा भावले आराध्यदेव पशुपतिनाथभित्र प्रवेश गरेपछिको उनीमाथि लागेको आरोपको खण्डन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने सुन हराएको हो कि होइन छानविन गरौं, प्रविधिको जमाना छ ल्याब टेण्ट गरे भयो नि त ? चेकजाँच गरौं सुन पुगेन भने फाँसी दिँदा हुन्छ, सारा सम्पत्ति खोस्दा हुन्छ वा अन्य जेसुकै सजाय दिँदा आफूलाई मान्य छ । होइन भने मान, मर्दन, इज्जत र प्रतिष्ठासँग खेलबार्ड गरेर पत्रकारिताको माध्यमबाट अनर्गल प्रचार नगरौं ।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफुलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका हुन्। आफू न्यायको लागि प्रधानमन्त्री, राष्ट्रपति, पूर्व प्रधानमन्त्री सबैतिर गए तर न्याय माग्न कहाँ जाने आज यहाँ अवसर पाए । हजुरहरु मेरो लागि भगवान हुनुहुन्छ । मैले दोस्रो पशुपतिनाथमा आफ्ना कुरा राख्ने मौका पाए । आयोगले छानविन गरिरहेको ेबलामा मिडिया बोलाएर पत्रकार सम्मेलन गर्न पनि सक्दिन अनि म कहाँ बोल्ने ? उनी निकै भावुक हुँदै आफ्ना कुरा राख्दै गए ।
संसदीय समितिमा निकै भाबुक भएर प्रस्तुत भएका सदस्य सचिव थापाले यस बिषयमा न्याय माग्न आत्म–हत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले राष्ट्र बैंकसंगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको तर्क गरे ।
पशुपतिमा सुनको जलहरी लगाउदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको उनले बताए । नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने ? जसको निगरानीमा उक्त जलहरी लगाइएको छ । सुन हराएको विषयमा सेनाले जिम्मा लिनुपर्ने कि नपर्ने ? अदालतबाट सुनको जलहरी हाल्न हुदैन भनेर प्रदेश सांसद नरोतम बैद्यले स्टे अर्डर ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै रहेको उनले दावी गरे । उनले १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताए।
उनले यथार्थ नबुझि आफुलाई सुन चोर भनेर टिप्पणी गरेको गुनासो गरे । उनले यस प्रकरणमा आफु निकै पीडित भएको बताए। समितिले राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्र विकास कोषको सम्पत्ती र यसको उपयोग सम्बन्धमा कोषका पदाधिकारीसंग छलफल गरेको थियो ।- अनलाईन खबरको सहयोगमा
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो