विराटनगर । अन्तर्राष्ट्रिय बजारमा इन्धन र पत्थर कोइलाको मूल्यमा भएको तीव्र वृद्धिले नेपालमा इँटाको मूल्य उल्लेखनीय रूपमा बढाएको छ। निर्माण क्षेत्रको मुख्य आधार मानिने इँटाको भाउ बढेसँगै घर निर्माणको तयारीमा रहेका सर्वसाधारण तथा निर्माण व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
हालै डिजेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले बढेपछि इँटा ढुवानी खर्चमा उल्लेखनीय वृद्धि भएको उद्योगीहरूले बताएका छन् । उद्योगबाट निर्माणस्थलसम्म इँटा पु¥याउँदा लाग्ने भाडा बढेपछि प्रतिगोटा इँटामा दुईदेखि तीन रुपैयाँसम्म मूल्य वृद्धि गरिएको छ। सुनसरी र मोरङका विभिन्न उद्योगहरूले नयाँ मूल्य सार्वजनिक गरिसकेका छन् । उदाहरणका लागि, दुहबीस्थित एक उद्योगले पहिलो श्रेणीको इँटाको मूल्य प्रतिगोटा २४ रुपैयाँ कायम गरेको जनाएको छ, जुन पहिले २२ रुपैयाँमा बिक्री भइरहेको थियो ।
व्यवसायीहरूका अनुसार मूल्य वृद्धि हुनुको अर्को प्रमुख कारण पत्थर कोइलाको मूल्यमा आएको उछाल हो। असोजसम्म प्रतिटन ३३ हजार रुपैयाँ रहेको कोइला हाल बढेर ४४ हजार रुपैयाँसम्म पुगेको छ। यसले इँटा उत्पादन लागतमा ठूलो प्रभाव पारेको छ ।
यसैबीच, बेमौसमी वर्षाले उद्योगीहरूलाई थप मारमा पारेको छ। खुला ठाउँमा सुकाइएका काँचो इँटाहरू वर्षाले नष्ट गर्दा ठूलो आर्थिक क्षति भएको छ। अनुमान अनुसार सुनसरी र मोरङका करिब ४१ उद्योगमा झण्डै २ करोड गोटा इँटा नष्ट भएका छन्। एउटा उद्योगमा औसत ५ लाख गोटा इँटा नष्ट हुँदा २० लाखदेखि ४० लाख रुपैयाँसम्म घाटा भएको बताइएको छ।
इँटाको मूल्य वृद्धि र उत्पादन लागत बढेसँगै निर्माण क्षेत्र सुस्त हुने जोखिम बढेको छ । साथै, श्रमिकहरूले पनि ज्याला बढाउन दबाब दिइरहेका छन्। उद्योगीहरूका अनुसार लागतअनुसार मूल्य नपाए उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ, जसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखिन्छ।लागत खर्च बढ्ने तर बजारमा उत्पादित इँटाको उचित मूल्य नपाउने हो भने उद्योगहरू नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीहरू बताउँछन् । इँटाको गुणस्तर अनुसार मूल्य फरक–फरक भए पनि उत्पादनमा लाग्ने स्थिर खर्च एउटै हुने भएकाले कमसल इँटा बिक्री गर्दा उद्योगलाई झन् ठूलो नोक्सानी हुने गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो