अर्थतन्त्रलाई लयमा फर्काउँदै घरजग्गा कारोबार

फाष्ट मिडिया नेपाल संवाददाता

नेपालमा कोभिड १९ को आक्रमणसँगै शिथिल भएको घरजग्गा कारोबारले अर्थतन्त्रलाई बिस्तारै टेको लगाउँदैछ । कोरोनाकालका सरकार देखाएको अपरिपक्वताले धरासायी बनेको घरजग्गा कारोबार धिमा गतिमा उठ्ने तरखरमा देखिन्छ । कित्ताकाटमा समेत रोक लगाएर घरजग्गा कारोबारलाई शुन्यमा झारेको सरकारका लागि राष्ट्रिय अर्थतन्त्र नै धरासायी बनेपछि कित्ताकाट खोल्न बाध्य भयो र त्यसपछि बिस्तारै बिस्तारै यो व्यवसायले पिकअप लिँदैछ । यो वर्षका अन्तिम २ महिनामा राज्यका निम्ति राजश्वमा ठूलो मद्दत पु¥याएको तथ्याङ पनि सार्वजनिक भईसकेको छ ।
बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएपछि र सरकारले कित्ताकाट खुला गरेसँगै घरजग्गा कारोबार फस्टाउन थालेको हो । विदेशी मुद्राको सञ्चिती बढेसँगै रेमिट्यान्स र राजस्व पनि बढेपछि घरजग्गा व्यवसायीहरू कारोबार बढ्ने आशामा हौसिन थालेका छन् । अझ घरजग्गामा विदेशमा रहेका नेपालीको महत्वपूर्ण हात रहन्छ भनेर सरकारले गैरआवासीय नेपालीलाई नागरिकता समेत वितरण प्रक्रिया गतसालदेखि नै गर्दै आएको छ । त्यसले घरजग्गा व्यवसायीलाई थप मद्दत पुग्ने अपेक्षा समेत व्यवसायी र सरकार सबैको रहेको छ ।
गत मंसिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर संकलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ । विभागले दिएको जानकारी अनुसार मालपोत कार्यालय विराटनगरले १६ करोड ११ लाख तीन हजार चार सय ८१ र मालपोत कार्यालय इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार २ सय ५७ राजश्व संकलन गरेको छ ।
गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार २ सय ४५ बराबरको राजश्व संकलन भएको थियो । घरजग्गा कारोबारबाट सेवा कर, रजिस्टूेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व उठाउने प्रावधान रहेको छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट सरकारले राजस्व उठाउने गरेको छ ।
घरजग्गा कारोबार बढेसँगै देशमा आर्थिक चलखेल बढ्ने र सामान्य मानिसले आयआर्जनमा मद्दत पुग्ने भन्दै नेपाली उत्साहित बनेका छन् । यद्यपि यसको व्यवस्थापन र हुनसक्ने ठगीलाई रोकेर राष्ट्र र जनताका लागि यो व्यवसाय फलदायी बनाउने जिम्मेवार निकाय भनेको सरकार नै हो । सरकार यसमा संवेदनशिल भएर जग्गाको मापदण्डका आधारमा प्राथमिकतापूर्वक यो व्यवसायको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा लाग्नुपर्ने देखिन्छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया