भोजपुर सेवा समाज कतारले मनायो १३ औं स्थापना दिवस

फाष्ट मिडिया नेपाल संवाददाता


कतार । भोजपुर सेवा समाज कतारले संस्थाको १३ औं स्थापना दिवस भव्य र सभ्य रुपमा मनाएको छ । संस्थाका अध्यक्ष तथा संस्थापक सदस्यसमेत रहेका महेन्द्र कार्कीको अध्यक्षतामा आन्तरिक रुपमा केक काटेर सो दिवस मनाएको हो । 


सनैया प्लाजा महलको एक सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पदाधिकारी, सदस्यहरु, संस्थापक तथा सल्लाहकारहरुको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा सल्लाहकारहरु चिरञ्जीवी तिम्सिना,  दिलिप परजुली, तेज कटुवाल, गोविन्द कटुवाल, गोपाल बस्नेत, साथै टीका कार्कीको उपस्थितिमा सो कार्यक्रम मनाइएको थियो ।


सोही अवसरमा नेपाली महिलाहरुको महान हरितालिका तिजको उपलक्ष्यमा सस्थामा आबद्द सम्पुर्ण दिदी बहिनीलाई दर खाने कार्यक्रम समेत भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्तहरुले संस्थाको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमान अवस्थासम्मका विषय समेटेर आफ्ना कुरा राखेका थिए । सथै सस्थालाई पानस उपहार प्रदान गर्ने शीत अधिकारी तथा संस्थामा आबद्द दिदिबहिनीहरुलाई महिलाका सांस्कारिक पहिरन साडी चोलो संस्थाकै खर्चमा प्रदान गरिएको थियो । 



फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया