स्थानिय युवाहरुको साथमा नगरप्रमुखले गरे धार्मिक भ्रमण

फाष्ट मिडिया नेपाल संवाददाता
रिकेश निरौला 
इनरुवा । सुनसरी जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले स्थानिय युवा हरुको साथमा धार्मिक भ्रमण गरेका छन्न।
उनले यही कार्तिक ११ र १२ गते (शनिवार र आइतबार) मधेस प्रदेशमा अवस्थित विभिन्न शक्तिपिठ हरुको दर्शन गरेका छन्न। उक्त धार्मिक यात्रामा साविक इनरुवा नगरपालिका वडा नं. १० का १८ जाना युवाहरुको सहभागिता रहेको थियो भने नगरप्रमुखको निजि निवास (पैत्रिक घर) समेत साबिक वडा नं. १० मै रहेको छ।
नगरप्रमुुख भण्डारीले आफू सधै राजनीतिक साथै नगरमा जनताहरुको सेवा गर्दै व्यस्त रहेकाले निकै लामो समय देखि धार्मिक यात्रामा निस्केर विभिन्न शक्तिपिठहरुको दर्शन गर्न नपाएको अवस्थामा स्थानिय युुवाहरुले तय गरेको उक्त धार्मिक यात्रामा दशैं विदा साथै आफ्नो ठुलीआमाको बार्षिक नसकिएको कारणले गर्दा यो बर्ष दशैंको टिका नलगाएको हुनाले आफ्नो पनि अलिक फुर्सद भएको मौका मिलेकाले आफु पनि स्थानिय युवाहरुलाई साथ दिँदै धार्मिक यात्रामा निस्केको कुुरा जानकारी दिए।
आफु धार्मिक घरपरिवार र संस्कारमा हुर्केको कारणले गर्दा आफुलाई विभिन्न शक्तिपिठहरुको दर्शन गर्न निकै मन लाग्ने, अझ युवाहरुसगँ आफुले धार्मिक यात्रा गर्दा युवाहरलाई समेत अझ हौसला प्रदान हुने र युवा हरुसगँ नजिक भएर यत्रा गर्दा समग्र नगरको बेथिति,बिसङ्गति, जनताहरुको समस्या, चासो, विकास निर्विमाणका आवस्यक्ता, विभिन्न समस्था तथा समाधानका उपायहरु समेत जानकारी लिन पाएको कुुरा बताउदै आगामी दिनहरुमा आफू सोहि अनुरुप अघि बढ्ने कुरा जानकारी गराए। आफू पनि एउटा युवा नेता भएको कारणले गर्दा पनि युुवा हरुसँग यात्रा गर्न पाउँदा निकै रमाईलो साथै अविश्मरणिय रहेको कुरा समेत नगरप्रमख भण्डारी बताउँछन्न। छिन्नमस्ता भगवतीको दर्शन गर्दै गर्दा आफ्नो बाल्यकालमा त्यही मन्दिरमा भएको ब्रतवन्धको समेत स्मरण गरेका छन भने आफु महेन्द्र बिन्देश्वरी क्याम्पसमा कानुन विषयमा स्तानतक अध्ययन गर्नका निम्ति राजविराजमा बस्दा बिताएका अविस्मरणीय क्षणहरुको समेत स्मरण गर्दै यात्रामा सहभागी युवाहरुलाई बताएका छन । जुन कुराहरु अहिलेका युुवा पुस्ताहरुको लागि एउटा निकै ठेलो प्रेरणाको स्रोत समेत हुन सक्छ।
साथै उक्त भ्रमणमा सहभागी स्थानिय युवाहरु पनि आफुले दशैं बिदाको सदुपयोग गर्न तय गरेको धार्मिक यात्रामा नगरप्रमुख जस्तो मान्छे सहभागी हुँदा आफुहरुलाई निकै हौसला प्रदान भएको र समग्र नगरपालिकाको समस्या, बेथिति, बिसङ्गति जस्ता कुराहरुलाई अझ नजिकबाट बुझ्न पाएकोमा सहभागी सबै युवाहरु निकै हर्षित भएका छन्न।आगामि दिनहरुमा पनि स्थानिय युवाहरुले आयोजना गरेको यस्ता थुप्रै कार्यक्रमहरुमा नगरप्रमुखको तर्फबाट साथ सहयोेगको अपेक्षा युवा वर्गहरुले गरेका छन् भने उक्त दुई दिने धार्मिक भ्रमण कुनै राजनितिक नभई नितान्त पारिवारिक एवम् मनोरञ्नात्मक भ्रमण रहेको उक्त धार्मिक भ्रमणमा सहभागी एक जना युवा बताउछन्।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया