झापा । पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दोमुखालाई थप सुन्दर र आर्कषक बनाइने भएको छ । शिबसताक्षी–१० माइधारदेखि उत्तर चुरे घनाजङ्गलसंगै कनकाई (माई) खोलाको किनारमा अवस्थित दोमुखामा आगान्तुक तीर्थालु पर्यटकहरुका लागि सुन्दर र आर्कषक बनाइने भएको हो ।
दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष धनप्रसाद लावतीका अनुसार दोमुखालाई धार्मिक र पर्यटनको हिसावले लोकप्रिय बनाउन दोमुखामा १०८ जलधारा निर्माणका लागि महत्वकाक्षी योजना र आवश्यक तयारी गरिरहेको छ ।
जलधारा निर्माणका लागि आवश्यक गुरुयोजना बनाइएको र बैशाख १७ गते भूमि पूजन गरी सवा लाख बत्ती बालेर काम थालिने उनले बताए ।
संस्थाका उपाध्यक्ष रमेश तिम्सिनाले मुक्तिनाथ धामको शैलीमा १०८ धारा निर्माण गरिने जानकारी दिए । उनले भूमि स्थित काली गण्डकीको जल ल्याएको समेत बताए ।
प्रसिद्ध कनकाई नदीको किनारमा अवस्थित दोमुखामा मकर नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ । मनोरम प्राकृतिक वातावरणको संगमका रुपमा प्रसिद्धि कमाएको दोमुखा पूर्वको पर्यटकीय आकर्षणको केन्द्र पनि हो ।
संस्थाका सचिव धनकुमार ढकालले प्राकृतिक सम्पदाको उपयोग गर्दै भौतिक संरचनागत विकासलाई संस्थाले पहिलो प्राथमिकतामा राखेको बताए । संस्थाले तयार पारेको गुरु योजना अनुसार कनकाईको पानीलाई १०८ धारामा जोडिनेछ ।
समितिका अनुसार करिव ८५ लाख रुपैयाँको लागत स्टीमेटसहित जलधारा निर्माणको काम अगाडि बढाउने तयारी गरिएको हो । सरकारी सहयोगबाहेक जनसहभागिताका आधारमा जलधारा निर्माण गर्ने लक्ष्य राखिएको छ ।
प्रवद्र्धन प्रवद्र्धन गर्न तथा परिवार वा वंशको नाम राख्ने गरी एउटा धारा निर्माणका लागि ५१ हजार रुपैयाँ लिइने संस्थाका सचिव ढकालले जानकारी दिए । व्यक्तिगत नाम राखेर धारा निर्माण गर्ने भए ३५ हजार रुपैयाँ तिर्नु पर्ने व्यवस्था मिलाइएको छ ।
स्रोत व्यवस्थापनका लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण र धार्मिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिने सचिव ढकालले जानकारी दिए । संस्थाले निर्माण गर्ने जलधारा ढुंगाले कुँदिएका हुनेछन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो