दमकको शिखरज्योति ईङ्लीस स्कुलले मनायो १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

खगेन्द्र कार्की

दमक–८ मा सञ्चालित शिखरज्योति ईङ्लीस स्कुलले अभिभावकलाई नानीहरुको अतिरिक्त क्रियाकलाप देखाएर सन्तुष्टि दिलाउने कार्यक्रम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । अभिभावक र विद्यालय परिवारबीचको सद्भावपूर्ण १६ औं वार्षिकोत्सव तथा अभभिावकक दिवसबाट विद्यार्थीमा भएको कलापूर्ण प्रतिभाहरु देखाएर अभिभावकलाई आफ्ना नानीहरुको विद्यालय गतिविधिमा सन्तुष्टि प्राप्त हुने आधार तयार गरेको छ । त्यसो त यस्तै कार्यक्रम गर्दै आएको उक्त स्कुलको यो १६ वर्षे कार्यक्रम हो । हरेक वर्ष विद्यालयले सो कार्यक्रम गर्दै आएको छ । संस्थाका सञ्चालितका मनकुमारी वेघाको अध्यक्षतामा आयोजित सो कार्यक्रम कस्मिक पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।

दमक नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत सोमनाथ गुरागाईंको प्रमुख आतिथ्यतामा सञ्चालित सो कार्यक्रममा एन प्याप्सन झापा जिल्लाका निवर्तमान कार्यवहाक अध्यक्ष शिक्षाविद ओमविक्रम नेम्वाङ, दमक नगरपालिका वार्ड नं। ८ का वडाअध्यक्ष धर्मप्रसाद ९दिपेश० दाहाल, शिक्षाविद जीवन वेघा, शिक्षाप्रेमी, समाजसेवी, विद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी र तिनका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पानसमा बत्ति बालेर उद्घाटन गरिएको सो कार्यक्रमलाई पिन्सिपलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता गरिरहेकी फाउण्डर वेघाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन ।

बालबालिकादेखि कक्षा १० सम्मका विद्यार्थी विभिन्न प्रतिभाहरु, सांस्कृतिक कार्यक्रम मात्र नभएर अभिभावकको बीचमा समेत सांस्कृतिक कार्यक्रमको प्रतिष्पर्धात्मक कार्यक्रम थप रोमाञ्चक थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थापक वेघाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवादसहित विद्यालयले गरेका प्रगतिका कुरा सुनाएकी थिएन । खेलकुद लगायत विभिन्न अतिरिक्त क्रियाकलापदेखि शैक्षिक गुणस्तरमा विद्यालय अगाडि रहेको बताईन । उनले विद्यालयका गतिविधिहरु सामाजिक सञ्जाल फेसबुकमा राखिने गरेको त्यहाँबाट विद्यालयका गतिविधिलाई नियाल्न समेत आग्रह गरिन । कार्यक्रमलाई सम्बोधन गर्दै दमक–८ का वडाअध्यक्ष दाहालले विद्यालयले छोटो समयमै आफूलाई अब्बल स्थापित गरेको भन्दै प्रशंसा गरेका थिए । उनले दमककोन नजर संस्थागत विद्यालय होस् सामुदायिक सबैलाई हेर्ने दृष्टिकोण एउटै रहेको र सबैको उन्नयनमा दमक नगरपालिका सँगसँगै उत्तिकै लागिपरेको बताए । विद्यालयले समाजलाई निकै लोभ्याउने प्रकारका अतिरिक्त क्रियाकलाप समेत गरेको र यहि स्तरबाट अगाडि बढिरहन शुभेच्छा समेत प्रकट गरे । फरक ढंगले सिकाई पद्दति विद्यालयको विशेषता रहेको पनि उनले बताए ।


खगेन्द्र कार्की
प्रतिक्रिया