संवैधानिक अस्तित्वलाई किन स्वीकार गर्दैनौं, निर्वाचनबाट जितेरै आएको मेयर हुँ नि : दमक नगरप्रमुख थापा

खगेन्द्र कार्की

दमक\ दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा दमकका संघसंस्थाहरुले गरिरहेको गतिविधिप्रति असन्तुष्ट रहेको बताएका छन् । थापाले कतिपयले ठूला ठूला योजनाको सपना देखाउने अनि ल गरौं नत भनेर लागि पर्दा भाग्ने गरेको उदाहरण प्रस्तुत गर्दै दमकका सामाजिक संघसंस्थाहरुले काम गरिरहेको तर त्यसको परिणाम नदेखिनुमा आफ्नो असन्तुष्टी रहेको बताए ।

नेपालीरिका होटलमा रोटरी क्लब अफ दमकको १३ औं पदस्थापना समारोहलाई सम्बोधनका क्रममा नगरप्रमुख थापाले सो असन्तुष्टि व्यक्त गरेका हुन् । थापाले सामाजिक संघसंस्थाले काम गर्नु अगाडिदेखि नगरपालिकासँग अलिकति समन्वय गरेर काम गरिदिए कहाँ कुन संस्थाले कसरी काम गरिरहेको छ भन्ने हेक्का पनि हुने र नगरपालिकामा त्यसको रेकर्ड पनि रहने हुँदा सबैलाई फाइदै हुन्थ्यो तर त्यसो नभईरहेको बताए । उनले रोटरीबाट रगत शुद्ध बनाउने मेसिन खरिदको लागि योजना देखाउने काम भएको छ र त्यसका लागि २५÷३० लाख रुपैयाँ माग गर्नुभएको छ, त्यो दिन आफु तयार रहेको तर योजना ल्याएर नभाग्न उनले अनुरोध पनि गरे । उनले सामाजिक संघसंस्थाले कार्यक्रमलाई कार्यक्रम भनेर औपचारिकता पुरा गर्नुभन्दा परिणाम दिने कार्यक्रम गर्न आग्रह गरे । उनले भने– दमकमा अझै २०÷२२ वटा सामुदायिक विद्यालय रहेको, उनीहरुले राम्रा लुगा लगाएर आउन सक्ने अवस्था नरहेको, संविधानले निःशुल्क शिक्षा भनेको छ तर दुर्भाग्य हामी यो वर्षदेखि ५ कक्षा, अर्को वर्ष ८ कक्षा, अनि १२ कक्षातिर जाँदैछौं । १० वटा स्वास्थ्य केन्द्र छन् । ३५०० पैसा तिर्न नसकेर ४२०० निम्न आय भएका १००० मानिसहरुलाई स्वास्थ्य बिमासँग जोड्दैछौं । अझै दमकमा ४२ सय मानिसले खान पाउँदैनौं भन्नेमा छन् । यो वर्षबाट कम्तीमा ३०० मानिसलाई तीन महिना खाने जो गर्ने अवस्थामा रहेको पनि बताए । स्वास्थ्य, शिक्षासहित कम्तीमा एक छाक खान नपाउने अवस्था अझै पनि समुदायमा छन् । के गर्दा दमकबासी परिणाम पाउँछन र उपलब्धी देखिन्छ त्यता तिर लाग्न समेत नगरप्रमुखले आग्रह गरे । स्थानीय सरकारलाई वेवास्ता गर्नेहरुप्रति लक्षित गर्दै उनले भने– चुनाव जितेर आएपछि यो समयभरिका लागि स्थानीय सरकार हो त कसैले नमानेर हुन्छ र भन्या भनेर प्रश्न समेत गरे । संवैधानिक अस्तित्वलाई हामी किन स्वीकार गर्दैनौं ।


खगेन्द्र कार्की
प्रतिक्रिया