फाष्ट मिडिया नेपाल संवाददाता
बलिया (मोरङ) ।मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ बाँसबारीस्थित एक पुलमुनी बुलेट बाइक र शव फेला परेको छ । प्रदेश १–०२–०५० प ८०८४ नम्बरको बुलेट बाइक र स्थानीय एक युवाको शव फेला परेको हो । गएराति नै दुर्घटनाको रुप जस्तो देखिने सो स्थलमा पानीका कारणले चोट नलागे पानीमा डुबेर निधन भएको अनुमान लगाइँदैछ । सो वडाका वडाअध्यक्ष गणेश चौधरीको घर अगाडिको पुलमुनी सो बाइक र शव फेला परेको स्थानीयले बताए । स्थानीयका अनुसार मृतक पनि स्थानीय नै रहेको खुलेको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
८ असार २०८०, शुक्रबार १०:३५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो