सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा १०० बलको फ्रेन्चाईन दिवा तथा रात्रिकालिन क्रिकेट प्रतियोगता आयोजनाको तयारी

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

इनरुवा । कोशी प्रदेशमै क्रिकेटलाई संरक्षण, सम्बद्धर्नमा अगाडि देखिएको भोक्राहा नरसिंह गाउँपालिकामा यो वर्ष पनि १०० बलको क्रिकेट खेलले नयाँ क्रिकेट मैदान रोमाञ्चक बन्दैछ । 

उक्त गाउँपालिकाले कोशी प्रिमियर लिग अन्तर्गत १०० बलको आयोजना गर्न लागेको इनरुवामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

इनरुवामा पत्रकार सम्मेलन गर्दै सुनसरी युथ क्लबले २०८० साल वैशाख तेस्रो साताबाट सो प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो । पछिल्लो समयमा क्रिकेटले मारेको फड्कोलाई तल्लोस्तरबाटै माथि उठाउन सकिने उद्देश्यका साथ फ्रेन्चाईन क्रिकेट प्रतियोगिता दिवा÷रात्रिकालिन गर्ने जमर्को आयोजकले गरेको छ । सुनसरी जिल्ला क्रिकेट संघको समन्वय र भोक्राहा नगरसिंह गाउँपालिकाको संयोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाको वडा नं. ४ स्थित नवनिर्मित क्रिकेट मैदानमा सो प्रतियोगिता हुने भएको हो । 

क्लबका अध्यक्ष अफजल हुसेनको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा १८ खेलका लागि ६ फ्रेन्चाईन टोलीले सो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । 

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर खेलकुद र खेलाडी प्रोत्साहन कार्यक्रम गरेको बताए । खेलकुदलाई निकै महत्वसाथ हेरिएको कारणले क्रिकेटका लागि आयोजना हुन लागेको यस खेलका लागि प्रस्ताव लाने वित्तिकै अगाडि बढाउन निर्देशित गरिएको पनि कार्यकारी प्रमुख घिमिरेले बताए । 

गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ, उपाध्यक्ष सुनिता कुमारी उराउँ, कार्यकारी प्रमुख सुवर्ण घिमिरे, क्रिकेटका वरिष्ठ प्रशिक्षक पुस्कर थापा, कोशी प्रशिक्षक प्रदीपराज पाण्डे, नेपाल क्रिकेट संघ सुनसरीका पदाधिकारी, विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसहित क्रिकेट खेलाडीहरुको उपस्थिति सो कार्यक्रममा रहेको थियो । कार्यक्रममा वक्ताहरुले खेलकुदका सन्दर्भमा कलम चलाएर हौसला थपिदिन र भईरहेका वा हुन लागेका खेलकुदका विषयमा खेलाडी मनोबल उच्च बनाउँदै प्रचार प्रसार गरिदिन आग्रह गरेका थिए । 


खगेन्द्र कार्की
प्रतिक्रिया