पाठकको पुर्पुरो : वि.सं. २०८१ मार्गशीर्ष २४ गते (तद्अनुसार सन् २०२४ दिसेम्बर ९ तारिख) सोमबार

फामिने ज्योतिष

मेष – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । तापनि समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । आरोग्यबल वृद्धि हुनेछ ।

वृष – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रगतिको दर बढ्नेछ, आनन्द मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्ला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । सुखद समाचार प्राप्त हुने योग छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । धर्मकर्ममा आकर्षण बढ्ला । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट – केही समस्या देखिए पनि राम्रैसँग धन आर्जन हुने समय छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । गरिएका कर्मको उचित प्रतिफल पाइएला । व्यावसायिक यात्राको सम्भावना पनि देखिन्छ । दाम्पत्य जीवन रमाइलो रहला । साझेदारीको काममा भने समस्या आउन सक्छ । अरूको फाइदाका लागि उपयोग भइने योग छ । जोखिम बढ्नेछ तर रोकिएको काम बन्नेछ ।

सिंह – प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनेपनि बेसुरमा वचन दिने बानीले दुःख पाइने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आजको दिन व्यवसायमा विशेष लाभ लिने प्रयत्न गर्नु वान्छनीय छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । दामपत्यसुख बढ्ला । स्वास्थ्य सबल रहनेछ ।

कन्या – आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ भने ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । व्यवसायबाट विशेष लाभ मिल्ने योग छ । प्रेमभाव वृद्धि होला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइ र आफन्तजनको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला – कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने समय छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । प्रेमभाव बढ्नेछ भने आरोग्यता रहनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । तर, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर सावित होला ।

वृश्चिक – मिश्रित फलदायी समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । स्वादिष्ट भोजनको आनन्द मिल्ला । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइने सम्भावना छ, सजग रहनुहोला । अध्ययन-अध्यापन कार्यमा पछि परिने सम्भावना छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीसँग लड्ने सामर्थ्य बढ्ला ।

धनु – परिस्थिति तपाईंका लागि अलिक प्रतिकूल रहने देखिन्छ । दौडधुपमा समय बित्ने र अरूको फाइदाका लागि उपयोग भइने समय छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग छ, आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । विछोडिएका परिवारजनसँग भेटघाट हुने देखिन्छ । प्रतिकुलताका बाबजुद रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ भने लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशेष सभा-समारोहमा भाग लिने अवसर प्राप्त होला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, सचेत रही ब्यवहार गर्नुहोला । नियमकानूनले साथ दिएपनि पुरानो समस्याले झमेला आइलाग्ने योग छ । खर्च वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

मीन – समय फुर्सदिलो रहनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने योग छ । पढाइलेखाइमा जाँगर कमै लाग्ला । पहिलेका समस्या दोहोरिन सक्ने योग छ, सजग रहनु उचित हुनेछ । आफन्तको साथ मिल्नेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया