सेभ द अर्थ सुनसरीको एकिकृत सामुदायिक विकास कार्यक्रमद्वारा गठन गरिएको महिला समुहको अध्यक्षहरुको बैठक सम्पन्न

दयाराम कटेल

मोरङ। सुनसरी स्थित रामधुनी वडा नं ८मा गठन गरिएको महिला समुहको अध्यक्षहरुको बैठक शुक्रबार सम्पन्न भएको छ। एजुकेट दि चिल्ड्रेन नेपाल ( इ. टि. सी) र सेभ द अर्थ सुनसरीको समन्वयमा बनेको एकिकृत सामुदायिक विकास कार्यक्रमद्वारा गठन गरिएको महिला समुहको अध्यक्षहरुको बैठक सम्पन्न भएको हो। 

सेभ द अर्थ सुनसरीले रामधुनी विकासका लागि महिलाहरुलाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउन रामधुनी- ८मा १० ओटा महिला समुह गठन गरी उनीहरुलाई तालिम तथा अभिमुखिकरण गरिरहेको सेभ द अर्थ सुनसरीका कार्यक्रम व्यवस्थापक गोविन्द चौधरीले जानकारी दिए। उनले महिला समुहहरुको सहयोगका लागि आवश्यकता अनुसार सहजीकरण गर्दै आएका छन्। 

यस्तै उक्त समुहमा आबद्ध महिलाहरूले पालन पोषण गर्दै आएका खसी बाख्रा, बंगुर लगायतको बीमा गरिएको र कुनै कारणवस क्षति भएको अवस्थामा त्यसको प्रमाण कसरी जुटाउने सम्बन्धी परिक्षण तथा अभियास समेत सेभ द अर्थका सन्देश सुवेदीले देखाएका थिए। 

उक्त बैठकमा महिला समुहहरुले काम गर्दै गर्दा भोगेका समस्या चुनौती लगायतको विषयमा क्षलफल भएको थियो। उक्त बैठकलाई सहजीकरणका लागि सेभ द अर्थ सुनसरीका प्रतिनिधि पूजा चौधरी, गोविन्द चौधरी, हरी चौधरी साथै सन्देश सुवेदीको उपस्थित रहेको थियो। यो बैठक विशेषगरी तीन तीन महिनाको अवधिमा हुने गर्दछ। 

दयाराम कटेल
प्रतिक्रिया