महिला बचत तथा ऋण सहकारी संस्थाकाे २६ अैा साधारणसभा सम्पन्न

सुप्रिया राई

इटहरी । महिला बचत तथा ऋण सहकारी संस्थाकाे २६ अैा साधारणसभा सम्पन्न भएको छ ।

इटहरी ४ मा रहेकाे महिला बचत तथा ऋण सहकारी महिलाहरुकाे नेतृत्वमा सिपमुलक ब्यबसाय,सामाजिक कृयाकलाप,जेष्ठ सदस्यलाई सम्मान,अध्ययन अबलोकन,भ्रमण,रक्तदान,स्वास्थ सिविर लगायत सामाजिक कामहरु गर्दै आएको छ ।

२०५५ सालमा स्थापना भएकाे महिला बचत तथा ऋण सहकारी सस्था काेशी प्रदेशको उत्कृष्ट बचत तथा सहकारी संस्था हाे ,यश महिला बचत सहकारीले उत्कृष्ट सदस्यलाई पुरस्कृत गर्ने,पत्रकार,स्नातकोत्तर प्रथमश्रेणीमा उतिर्ण बिधार्थी,इन्जिनियर ,डाक्टर ,अधिवक्ता,सरकारी अधिकृत लाई सम्मान गर्दै आएकाे छ ।

इटहरी उपमहानगरपालिकाकाे मेयर हेमकर्ण पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे साधारणसभामा महिला बचतका सल्लाहकार सर्वध्वज सावा,सहकारी सस्था इनरुवाका उर्मिला कटुवाल, महिला बचतकाे पुर्ब अध्यक्ष अम्मृता सुब्बा,लगायतको सहभागीता रहेकाे थियाे भने संस्थाकाे अध्यक्ष मुना तिमसीनाले प्रतिबेदन प्रस्तुत गरेकी थिइन ।

सुप्रिया राई
प्रतिक्रिया