पूर्वको प्रतिष्ठित स्वास्थ्य संस्था (आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान)को नयाँ प्रिन्सिपलमा सजना बैद्य नियुक्त

खगेन्द्र कार्की

दमक । यहाँस्थित स्वास्थ्य शैक्षिक संस्था आम्दा अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रिन्सिपलमा सजना बैद्य नियुक्त भएकी छन् । त्यसैले उक्त प्रतिष्ठानमा प्रिन्सिपलहरु अस्थिर रहँदै आएको बुझ्नमा आएको छ । यद्यपि नवनियुक्त प्रिन्सिपल बैद्य भने कार्यकाललाई स्वर्णीम बनाउने रणनीतिका साथ अगाडि बढेको बताउँछिन् । उनी २०६७ सालदेखि आम्दा कलेज मै कार्यरत छिन । आम्दा नेपालले गत चैत ४ गते उनलाई कलेज प्रमुखको जिम्मेवारी दिएको थियो । दमक– २ स्थित आम्दा पूर्वकै एक प्रतिष्ठित स्वास्थ्य संस्थाको रूपमा चिनिन्छ ।

कलेज प्रमुख बैद्यका अनुसार सन् २००८ देखि अस्पतालमा नर्सिङसहितका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिआएको छ । प्राबिधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद (सिटिभिटि) को सम्बन्धनमा आम्दाले शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिआएको छ । प्रतिष्ठानले डिप्लोमा तहको नर्सिङ ,सामान्य चिकित्सा ,ल्याब टेक्नीसियन ,रेडियोग्राफी ,फिजियोथेरापीका शैक्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आएको प्रिन्सिपल बैद्यले बताइन् । उनले आम्दाको यस शैक्षिक कार्यक्रमले दक्ष जनशक्ति निर्माण संगै धेरैले रोजगारी पाएको बताइन् ।

दमक–२ खरखरेस्थित आम्दा अस्पतालमा स्वास्थ्य बिमा ,आमा सुरक्षासहितका बिशेषज्ञ स्वास्थ्य सेवाहरु उपलब्ध छ । आम्दा कलेज सन २०१२ मा पूर्वकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा पुरस्कृत भएको र हालसम्म नतिजा समेत उत्कृष्ट ल्याउदै आएको प्रिन्सिपल बैद्यले जानकारी दिइन् । उनले भनिन् ,“ आम्दा कलेज पूर्वकै शैक्षिक गन्तव्य बबेको छ,यसलाई थप बिश्वसनीय बनाउन मेरो ध्येय रहेको छ ।”

आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा प्रिन्सिपल बैद्यले आम्दा कलेजको वृद्धिबिकासमा आफुले ईमान्दारिताका साथ लाग्ने उल्लेख गरिन । आफ्नो जिम्मेवारी भनेको यो कलेजलाई प्राबिधिक शैक्षिक संस्थाकै नमुना बनाउने भएको बताउदै यसमा योजनावद्ध लाग्ने उनको भनाइ छ । आम्दा नेपालले दमकसहित बुटवलमा प्राबिधिक शिक्षाको पठनपाठन गर्दै आएको छ ।  भेटमा सञ्चारकर्मीले वैद्यलाई पूर्ण र सफल कार्यकालको शुभकामना दिइएको थियो । यहाँको प्रिन्सिपलको पोष्ट अस्थिर रहँदै आएकोमा यसलाई स्थिर बनाउने जिम्मेवारी पुरा होस् भन्ने शुभकामना प्रदान गरिएको थियो । 


खगेन्द्र कार्की
प्रतिक्रिया