पतञ्जली याेग साधना केन्द्रकाे बार्षिक उत्षबकाे अवसरमा पतञ्जली याेग इटहरी उपमहानगर समिति अध्यक्ष उर्मिला कटुवाललाई सम्मान

सुप्रिया राई
इटहरी । माया घर पतञ्जली याेग  साधना केन्द्रकाे बार्षिक उत्षबकाे अवसरमा आज माया घरमा पतञ्जली याेग इटहरी उपमहानगर समिति अध्यक्ष उर्मिला कटुवाललाई सम्मान गरिएकाे छ ।  
साधना केन्द्र पतञ्जली याेगकाे प्रचारप्रसारमा उर्मिला कटुवालले समाजमा पुर्‍याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरेकाे हाे,केन्द्रले बार्षिक उच्सबकाे अवसरमा हाेमादि पनि गरेकाे छ । 

घरघरमा याेग जनजनमा याेग आफ्नो लागि  याेग समाजका लागि  याेग भन्ने अन्तरास्ट्रिय नारालाई समर्थन गर्दै  २०८० मंसिर १५ गते  माया घर नेपालमा आश्रीत   मानबहरुलाई याेग ध्यान प्रणायम द्वारा स्वास्थ बनाउने उदेश्य साधना केन्द्रकाे स्थापना गरिएको हाे ।

माया घर नेपालमा आश्रीत मानबहरुकाे सहयाेगका लागि पतञ्जली याेग इटहरी उपमहानगर समिति द्वारा प्रतेक साधना केन्द्रका प्रतिनिधिहरु सग १ रुपैया संकलन अभियान सुरु गरिएको इटहरी उपमहानगर समितिकाे अध्यक्ष उर्मिला कटुवालले जानकारी गराइन ।

माया घर साधना केन्द्रकाे अध्यक्ष अजिता सुबेदिकाे सभापतित्वमा भएकाे साे बार्षिक उत्सब कार्यक्रममा इटहरी २ वडा सदस्य घनस्याम खतिवडाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने,पतञ्जली याेग समिति काेशी प्रदेश संगठन सचिव बिष्णु आचार्य ,सदस्य धर्मराज आचार्य ,सुनसरी जिल्ला संगठन सचिब अमर कटुवाल  ,नगर सल्लाहकार बिदुर थापा,महासचिव यादब सिग्देल ,सचिव द्वय बल बहादुर कटुवाल ,लक्ष्मी सुतिहार,पतञ्जली याेग इटहरी उपमहानगर समिति सदस्य राधा चाैधरी लगायतका उपस्थिति रहेकाे थियाे ।

सुप्रिया राई
प्रतिक्रिया