खोटाङको हलेसी तुवाचुङ नगरपालिका सुनकोशी किनारमा एक पुरुषको शव फेला

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

धनकुटा । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा सुनकोसी किनारमा पुरुषको सडिसकेको शव फेला परेको छ । साविकको च्यास्मीटार–६ बालुङबारीको राजदहमा सडिसकेको अवस्थामा नाम, थर र ठेगाना नखुलेको शव फेला परेको हो । शवलाई प्रहरीको मुचुल्का उठाएर दाहसंस्कार गरिएको च्यास्मीटारका वडाध्यक्ष भुपालसिं राईले बताए । 

शव करिब दुई–तीन हप्ताअघिको भएको अनुमान गरिएको छ । हालसम्म कोही व्यक्ति हराएको, नदीले बगाएको वा हाम फालेको जानकारी नआएको प्रहरीले जनाएको छ । ओखलढुंगा, सिन्धुली, काभ्रे लगायतका छिमेकी जिल्लामा बुझ्दा कोही व्यक्ति हराएको जानकारी नआएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । माझी समुदायले मृत शरीर नदीमा बगाएको अनुमान गरिएको छ । माझी समुदायमा मृत शरीर नदीमा बगाउने प्रचलन छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया