मेष – आजको दिन धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्ला । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ, तथापि छरछिमेकमा देखिएको असमझदारी समाधान होला । नयाँ दायित्व प्राप्त गर्नुहुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त होला । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – आयआर्जन बढ्ने समय छ । उठ्नुपर्ने रकम पनि हातलागी हुने सम्भावना छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या पैदा होला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने योग रहेकोले सावधानीपूर्वका काम गर्नु हितकर हुनेछ । जोखिम बढे पनि काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – आजको दिन धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धिमूलक बन्नेछ । काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – सामर्थ्य बढ्ने दिन छ । आरोग्यता पनि वृद्धि होला । परिश्रमको राम्रो मूल्यांकन हुने समय छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ । सुख सुविधाका वस्तु बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।
सिंह – आज पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । मित्रजनसँग मनमुटाव हुने योग छ । विश्वासमा पारेर धोका दिनेहरू सक्रिय रहलान् । तथापि, खर्चका बाबजुद दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । खेलकूदमा भाग लिनुहुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – व्यस्तता वृद्धि हुनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । साना व्यक्तिको सहयोगबाट ठूलै फाइदा उठाउन सकिएला । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । धन वृद्धि होला । पराक्रम बढ्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला – पराक्रम वृद्धि हुने समय छ । शुभ काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – परिवारजनसँग आत्मीयता बढ्ने र पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । तथापि, आर्थिक अभावले सताउन सक्छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन्, सावधान रहनु हितकर होला । दाम्पत्य सुख बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । सुख सुविधाको बस्तु खरिद गर्नुहोला ।
धनु – आजको दिन व्यापारमा फाइदा हुने योग भए पनि आर्थिक अभावले सताउने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – व्यस्तता वृद्धि हुनेछ । चुनौती बढ्न सक्छन्, धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । नाताकुटुम्बको सहयोग प्राप्त होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।
कुम्भ – कर्मबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ला । कर्ममा सफलता र धनलाभको समय छ । श्रमको उचित मूल्यांकन होला । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । सन्तानबाट सुख मिल्ने योग छ । रसरागमा आकर्षण बढ्ला ।
मीन – कर्मबल वृद्धि हुनाले धन आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आफन्तको साथ कमै मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्ला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो