इटहरी । बिहीबार बिहानैदेखि सुनसरी, मोरङ, झापासहित देशका विभिन्न भागहरुम हावाहुरी, चट्याङ्सहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका विभिन्न भागमा वर्षा भएको हो। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित मेघ गर्जनसहित केही ठाउँमा भारी वर्षा भईरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही समय रोकिए पनि बिहीबार दिनभर र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी छ।
बुधबारसमेत काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भएको थियो। यो वर्ष सात महिनापछि उपत्यकामा वर्षा भएको हो।
फाष्ट मिडिया नेपाल संवाददाता
२७ चैत २०८१, बिहिबार ०८:५५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो