इटहरी, भदौ ७ । इटहरी उपमहानगरपालिका–८ स्थित हाम्रो टोल विकास संस्थाको चौथो साधारण सभा तथा अधिवेशनले समाजसेवी तथा अगुवा चित्र सिग्देलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
‘हाम्रो टोल, हाम्रो पहिचान–एकता, विकास र सहयोग हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापित संस्थाको आगामी तीन वर्षे कार्यकालका लागि सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष सिग्देलले यसअघिका अध्यक्ष तथा कार्यसमितिले टोललाई हराभरा, सुन्दर र शान्त बनाउन गरेको प्रयासलाई निरन्तरता दिँदै नयाँ सोच र योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष दिनेश रसाइलीको अध्यक्षतामा सम्पन्न साधारण सभामा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य दीपा राई प्रमुख अतिथि थिइन् । सभामा अध्यक्ष रसाइलीले सांगठनिक प्रतिवेदन तथा सचिव कमलाबाबु मैनालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको थियो ।
नयाँ कार्यसमिति चयनका लागि डा । डा. चन्द्रप्रसाद अधिकारी, होमनाथ भट्टराई र लक्ष्मण पराजुली सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलको सहजीकरणमा सम्पन्न बन्दसत्रले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा टेकनाथ आचार्य, सचिवमा सागर आचार्य, सहसचिवमा मन्दिरा पौडेल र कोषाध्यक्षमा राहुल सोनी चयन भएका छन् । सदस्यहरूमा सीताराम ढकाल, अनिल बर्देवा, रिता तामाङ, मेनुका दाहाल, छत्र चौधरी, हीरालाल विश्वकर्मा र राजन पौडेल रहेका छन् ।
साधारण सभाका अवसरमा शिक्षा, उद्यमशीलता, सामाजिक योगदान तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसै वर्ष व्यवस्थापन विषयमा विद्यावारिधि हासिल गरेका डा. अधिकारी र भौतिकशास्त्रमा विद्यावारिधि हासिल गरेका डा । पेशल पोख्रेललाई विशेष सम्मान गरिएको थियो ।
त्यसैगरी महिला उद्यमी धनकुमारी श्रेष्ठ, निवर्तमान अध्यक्ष जितेन्द्र श्रेष्ठ तथा संस्थापक अध्यक्ष डिल्ली भट्टराईलाई पनि सम्मान गरिएको थियो । संस्थाले ७५ वर्षभन्दा माथिका १५ जना ज्येष्ठ नागरिक, एसईई उत्तीर्ण १० जना, कक्षा १२ उत्तीर्ण १५ जना विद्यार्थी तथा उद्यम–व्यवसायमा आबद्ध पाँच जना विद्यार्थीलाई समेत सम्मान तथा प्रोत्साहन गरेको जनाएको छ ।
साधारण सभा तथा अधिवेशनले टोलवासीबीचको आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै स्थानीय विकासका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । नयाँ नेतृत्वले पूर्वकार्यसमितिले अघि बढाएका सकारात्मक कामलाई निरन्तरता दिँदै टोलको भौतिक, सामाजिक तथा वातावरणीय विकासमा थप पहल गर्ने जनाएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो