मेष – आजको दिन नियमित कार्यमा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शुभचिन्तकले तपाईंको कमजोरीप्रति टीकाटिप्पणी वा गुनासो गर्न सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहला, सचेत रहनुहोस् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । व्यापार तथा उद्योगत–व्यवसायतर्फ भने फाइदाको योग छ । मिठो भोजन प्राप्त हुनेछ ।
वृष – नियमित काम वा व्यवसायबाट राम्रै लाभ हुने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना पनि फलीभूत होलान् । भूमि तथा मातृधनबाट लाभ मिल्ने देखिन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । कृषिकर्ममा भने खासै सन्तोषजनक नरहला । जोखिममा नपर्नु बेस हुनेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका कामहरू अघि बढ्लान् । नयाँ जिम्मेवारी हातपर्ने मौका जुर्नसक्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा आर्जन हुनेछ । जटिल कार्य पनि धैर्यताका साथ प्रयास गरे सम्पन्न हुने योग छ । कृषि क्षेत्रको कर्मबाट सामान्यमात्र लाभ मिल्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रु वा प्रतिष्पर्धी परास्त हुनेछन् ।
कर्कट – बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । स्वास्थ्य केही कमजोर रहेपनि कामको जिम्मेवारी भने बढिरहने देखिन्छ । तथापि, नियमित आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको अवसर खोज्दै हुनुहुन्छ भने सकारात्मक सङ्केतहरू मिल्नेछन् । लेनदेनमा विवाद आउने योग भएकोले सचेतनापूर्वक व्यवहार गर्नु हितकर हुनेछ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनु उचित होला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – आजको दिन मिश्रित फलदायी रहला । प्रयास गर्दा रोकिएका बन्नेछन् भने नयाँ काम पनि प्राप्त हुन सक्छ । खर्च केही मात्रामा खर्च बढ्नेछ । मानसिक आलस्यता जाग्नेछ । विशेष काममा मातापिताको सहयोग प्राप्त होला । तर, महत्वपूर्ण काममा अरूको भरपर्दा धोका मिल्न सक्छ, सचेत रहनुहोला । मनोरञ्जतान्मक कार्यमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – नियमित आम्दानीमा बढोत्तरी हुने समय भएपनि परिवारजनको भरणपोषणमा खर्च वृद्धि होला । कामप्रतिको उत्साहमा कमी आउन सक्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद रहला । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । ब्यस्तता वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ सहयोगी बनेर देखापर्नेछन् ।
तुला – पराक्रम वृद्धि भएपनि आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । व्यावसायिक काममा खर्च बढ्नेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिलेपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आरोग्यबल बढ्नेछ । कामको सिलसिलामा यात्रा हुन सक्छ ।
वृश्चिक – स्वास्थ्यमा केही कमजोरी महसुस भएपनि परिश्रम धेरै गर्नुपर्ने समय छ । काममा सफलता भने मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । अध्ययन-अध्यापन कार्यमा मन लाग्नेछैन । व्यापार व्यवसायमा पनि खासै फाइदा नहोला । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु कल्याणकारी सावित हुनेछ । रोकिएको काम विशेष मेहनतले बन्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । बजेट बनाएरमात्र योजनामा अघि बढुनु उचित हुनेछ ।
धनु – आजको दिन विभिन्न अवसर अगाडि आएपनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिनेछ । समयको सदुपयोग गर्न विशेष पहल गर्नु हितकर होला । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । आरोग्यता रहनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । छरछिमेकमा केही असमझदारी बढ्ने योग रहेकोले विशेष सचेतनाका साथ व्यवहार गर्नुहोला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन एवम् बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।
कुम्भ – समय उत्साहवर्द्धक रहला । दैनन्दिन व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधनबाट विशेष लाभ मिल्ने देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभ लिने अवसर जुर्नेछ । स्थानान्तरण तथा टाढाको यात्राको सम्भावना छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनुका साथै दिन मनोरञ्जनपूर्ण रहला । बौद्धिक तथा रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि श्रमको उचित मूल्यांकन हुने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । स्वास्थ्य सबल रहनेछ । कर्मबल बढ्नेछ । आफन्तको साथ मिल्ने ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो