मन्त्रीमण्डल बिस्तारका क्रममा यि पाँच मन्त्री थपिँदैछन

खगेन्द्र कार्की

इटहरी । मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको छ।

सिफारिस सूचीअनुसार अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको छ। सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्।

त्यसैगरी, महावीरलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालय तथा डा। संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रीहरूको नाम सिफारिस भइसकेको पुष्टि भएको छ। डा। संगीता मिश्रा स्वास्थ्य मन्त्रालयमा लामो अनुभव बोकेकी विशेषज्ञ हुन्। 

जेन–जी विद्रोहपछि सुशिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको तेस्रो दिन मन्त्रिपरिषद्‌मा तीन जना मन्त्री पहिले नै नियुक्त भइसकेका छन्। नयाँ पाँच मन्त्रीको सिफारिससँगै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अगाडि बढाइएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया