झापा । नेकपा एमालेले पछिल्लो समयमा सत्ताच्युत हुनुपरेको विक्षिप्त मनस्थितिलाई गुण्डुबाट मात्र भएन अब देशभरबाट आफ्ना कुरा राख्नुपर्छ भनेर जागरण सभा शनिबार आयोजना गरेको छ । जेनजी आन्दोलनबाट विस्थापित भएका र राजीनामा दिएर भागेका केपी शर्मा ओलीको गृहजिल्ला पनि भएकोले त्यहाँ उनका आचरण, शैली, व्यवहारको कति प्रभाव परेको छ भन्ने हेर्नका लागि यो जागरण सभाले प्रष्ट्याएको छ । उनीहरुले विशाल सहभागिता भएको र झापामा कुनै असर नपरेको निस्कर्ष निकाले पनि हाराहारीमा ५÷७ हजार झापा जिल्लाभरबाट ३० वर्ष बढी शासन गरेको पार्टीको सभामा देखिएको उपस्थितिलाई सामान्य मान्नुपर्ने टिप्पणी पनि गर्न थालिएको छ । उनीहरुको यो सरकारको बैधता र निर्वाचनलाई मूल मुद्दा बनाएका छन । उनीहरुले कुनै नेपाली किसानको मुद्दा, व्यवसायीको मुद्दा, आम नेपालको मुद्दा नभएर आफ्नो स्वार्थको मुद्दा उठाएर जागरणसभा गरिरहँदा उक्त पार्टीका सदस्यहरु भेला भएर गरिएको गोष्ठीकै रुपमा यसलाई लिँदा फरक नपर्ने टिप्पणीकार बताउँछन ।
उनीहरुको खास माग प्रतिगामी षड्यन्त्रका विरुद्ध र विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मात्र रहेको छ । जनजीको माग सम्बोधन गराउन अहिले संविधानको ठेली पल्टाएर हेर्ने गरिनुले पनि संसद पुर्नस्थापना हुनुपर्ने आवश्यकता रहे पछि त्यसमा दलहरुको विश्वास रहेको छैन । यसअघिका सरकारले विभिन्न समूहसँग, व्यवसायी, कृषकलगायतसँग गरेका समझदारीले धोती लाएको र उनीहरुको आचारण, शैली र व्यवहार नै धुर्त र कपटी मनस्थितिको रहेको टिप्पणीकार बताउँछन् । संसद पुनस्र्थापना भइदियो भने उनीहरुलाई पुनः सत्तामा आएर जेनजी आन्दोलनका मृतकको होइन विध्वसंको आधारमा सबै जेनजीलाई जेल हाल्ने मनसाय उनीहरुले बोकका छन् । त्यस कारणले पनि सो मुद्दामा एकमत हुन सकिरहेको छैन । तर मुख्य बाटो भने संविधान पुनस्थापना रहेको सबैको एकमत छ । यो स्थितिमा एमालेको जागरणसभा स्वार्थको रोटी सेक्न र मनका कुण्ठा पोखेर अरुलाई गालीगलौज गर्न सफल भएको दावी पनि गरिएको छ ।
सरकारको नेतृत्व गरेर माथिदेखि तलसम्म दाइँ गरेकाहरु अहिले विक्षिप्त बनेर भौतारिएको अवस्थामा आफ्ना मनका कुण्ठा पोख्ने थलोको रुपमा यसलाई बनाएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी झापाले शनिबार बिर्तामोडका तीन अलग–अलग स्थानबाट ¥याली निकालेको थियो । ति ¥याली बिर्तामोड–५ स्थित सिटी सेन्टर अगाडि आएर जागरण सभामा परिणत भयो ।
¥यालीमा सहभागीले ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद’, ‘विघटित प्रतिनिधिसभा पुनस्थापना गर’, ‘२३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर’ , ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’, ‘नेकपा एमाले जिन्दावाद’, ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’, ‘वीर सहिदहरू अमर रहून’ जस्ता नारा लगाएका थिए ।
त्यस्तै सोही समयमा बिर्तामोड–४, भद्रपुर रोडस्थित नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्र अगाडिबाट अर्को ¥याली सुरु गरिएको थियो । पार्टीका केन्द्रीय सदस्य हरि राजबंशीको नेतृत्वमा, प्रदेश कमिटी सदस्य अमृतलाल राजबंशी सहित एमालेका नेता तथा कार्यकर्ता ¥यालीमा सहभागी थिए ।
यता बिर्तामोड–५ स्थित शनिश्चरे रोड ट्याक्सी स्टेण्डबाट तेस्रो ¥याली सञ्चालन गरिएको थियो। पार्टी स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेलको नेतृत्वमा, केन्द्रीय सदस्य रबिन कोइराला सहितका नेता तथा कार्यकर्ता ¥यालीमा सहभागी थिए । ¥याली मुक्ति चोक हुँदै सिटी सेन्टर अगाडि आएर जागरण सभामा परिणत भएको थियो । नेताहरुले सो जागरण सभालाई सम्बोधन गरेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो